६५ लाखभन्दा बढी नगद तथा गरगहना सहित चोरीमा संलग्न युवक पक्राउ

काठमाडौं, पुस १८। काठमाडौं महानगरपालिका–४, बलुवाटारस्थित दुई निजी कम्पनीमा भएको ठूलो परिमाणको चोरी घटनामा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२, खुर्सीनिटार निवासी २४ वर्षीय दुर्गा बहादुर के.सी. रहेका छन्। प्रहरीका अनुसार दुर्गा बहादुर के.सी.ले **स्ट्रोर्म नेटवर्क प्रा.लि.**बाट रु. ४८,७२,६२० (अक्षरेपी अठचालीस लाख बहत्तर हजार छ सय बीस) तथा **इको भ्याली […]

पुरा पढ़नुश

काठ चोरी–तस्करीविरुद्ध पर्सा प्रहरीको कडाइ, सालको फर्निचरसहित एक व्यक्ति पक्राउ

पर्सा, १८ पुस। पर्सा प्रहरीले काठ चोरी तथा तस्करीविरुद्धको अभियानलाई निरन्तरता दिँदै अवैध रूपमा सालको काठ प्रयोग गरी बनाइएका फर्निचर सामग्रीसहित एक जनालाई पक्राउ गरेको छ। मिति २०८२।०९।१६ गते अपराह्न करिब २:३० बजे, जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. २७ दरदर्वा स्थित सडकखण्डमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले नियमित गस्तीका क्रममा शंकास्पद अवस्थामा […]

पुरा पढ़नुश

पर्सा प्रहरीको नियन्त्रणमा पाँच जना।

बिरगंज, १८ पुस। पर्सा प्रहरीले सार्वजनिक स्थानमा अभद्र व्यवहार गर्ने पाँच जनालाई नियन्त्रणमा लिएको छ। सार्वजनिक शान्ति–सुरक्षामा खलल पुर्‍याउँदै सार्वजनिक स्थानमा हो–हल्ला, वादविवाद तथा अभद्र व्यवहार गरेको अभियोगमा पर्सा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ। पर्सा प्रहरीका अनुसार मिति २०८२ साल पुस १७ गते राति करिब १:०० बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. १० […]

पुरा पढ़नुश

मोरङमा शीतलहरबाट प्रभावित विपन्न नागरिकलाई प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्धारा न्यानो कपडा वितरण

मोरङ, १७ पुस । जाडो मौसममा बढ्दो शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको अवस्थामा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले मोरङ जिल्लाको बुढीगंगा गाउँपालिकाका विभिन्न वडामा बसोबास गर्ने विपन्न तथा असहाय नागरिकहरूलाई न्यानो कपडा वितरण गर्नुभएको छ। मिति २०८२ साल पौष १६ गते आयोजित उक्त कार्यक्रममा शीतलहरबाट विशेष रूपमा प्रभावित गरिब, वृद्ध, महिला […]

पुरा पढ़नुश

शान्ति, स्थायित्व र समृद्धिका लागि साझा प्रतिबद्धता : प्रधानमन्त्री सुशीला कार्की

काठमाडौं,१७ पुस । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि सरकार, राजनीतिक दल, निजी क्षेत्र, नागरिक समाज तथा युवा पुस्ता एकै ठाउँमा उभिएर साझा प्रतिबद्धता व्यक्त गरेको बताएकी छन्। प्रधानमन्त्री कार्कीका अनुसार उद्यमी–व्यवसायीको सुरक्षा, सम्पत्तिको हकको संरक्षण तथा निर्बाध पेसा–व्यवसाय सञ्चालनको प्रत्याभूति सरकारको उच्च प्राथमिकतामा रहेको छ। उनले संवाद, संयम र जिम्मेवार […]

पुरा पढ़नुश

पर्सा प्रहरीको हुण्डी नियन्त्रण अभियानमा ठूलो सफलता: स्रोत नखुलेको ६ लाख भन्दा बढी रुपैयाँसहित तीन जना पक्राउ

वीरगञ्ज, १६ पुस। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको सक्रिय नेतृत्वमा सञ्चालन भइरहेको हुण्डी सम्बन्धी अवैध कारोबार नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले स्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ। हुण्डी कारोबार नियन्त्रणलाई थप प्रभावकारी बनाउँदै पर्सा प्रहरीको विशेष टोलीले प्राप्त विशेष सूचनाका […]

पुरा पढ़नुश

नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुलको पाँचौँ स्थापना दिवस तथा अभिभावक समारोह भव्य रूपमा सम्पन्न

सप्तरी, १६ पुस। नेपाल एपीएफ ठाकोदेवी जोगेन्द्र भगत स्कुल, शम्भुनाथ–सप्तरीको पाँचौँ स्थापना दिवस तथा अभिभावक समारोह मिति २०८२ साल पौष १६ गते भव्यताका साथ सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय, महोत्तरीका वाहिनीपति एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयले विविध […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नेपालको रजत महोत्सव अवसरमा प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन सम्पन्न

महोत्तरी,१६ पुस । सशस्त्र प्रहरी बल, नेपालको २५औँ वार्षिक उत्सव तथा रजत महोत्सवको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा प्रथम पूर्व सशस्त्र प्रहरी कर्मचारी सम्मेलन–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। सो अवसरमा नेपाल पूर्व सशस्त्र प्रहरी संघको १८औँ साधारण सभा तथा सीमासँग सम्बन्धित विविध कार्यक्रमहरू समेत आयोजना गरिएका थिए। रजत […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल : शक्ति मात्र होइन, जनताको भरोसा

काठमाडौँ, १६ पुस । सशस्त्र प्रहरी बल नेपाल (APF) ले आफ्नो स्थापना उद्देश्य, कर्तव्य र राष्ट्रप्रतिको समर्पणलाई भावनात्मक शब्दमार्फत पुनः उजागर गरेको छ। सशस्त्र प्रहरी जवान नामक सामाजिक सञ्जाल पेजमा सार्वजनिक गरिएको सन्देशले सुरक्षा निकायको भूमिका केवल बल प्रयोगमा सीमित नभई जनताको भरोसा र राष्ट्रको ढाल भएको स्पष्ट सन्देश दिएको छ। उक्त सन्देशमा सशस्त्र प्रहरीको […]

पुरा पढ़नुश

नेपाल मुस्लिम समाज संघ पर्साद्वारा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र, सप्तरी घटनामा कडा कानुनी कारबाहीको माग

वीरगंज, १६ पुस।नेपाल मुस्लिम समाज संघ, पर्साले सप्तरी जिल्लामा हालै घटेका गम्भीर साम्प्रदायिक उत्तेजनात्मक तथा महिला अपमानसम्बन्धी आपराधिक घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला प्रशासन कार्यालय वीरगंज, पर्सामा ज्ञापनपत्र बुझाएको छ। संघका पर्सा अध्यक्ष महबुब अली (उर्फ शेरु) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सप्तरीमा भएका घटनालाई सामान्य सामाजिक विवादका रूपमा होइन, संविधान, प्रचलित कानून तथा […]

पुरा पढ़नुश