बिर्ता–४ मा राप्रपाको घरदैलो तथा बुथ कमिटी गठन, सयौं युवाको पार्टी प्रवेश

वीरगञ्ज, फागुन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दु श्रीवास्तवले बिर्ता माताको आशीर्वाद लिएर मंगलबार वीरगञ्ज महानगरपालिका–४ (बिर्ता–४) मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै आयोजित घरदैलो अभियानमा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै समर्थनको अपिल गरिएको थियो। राप्रपाको चुनाव चिन्ह ‘हल’मा मतदान गरी […]

पुरा पढ़नुश

बिरगंज -१६ इनार्वामा एमाले उम्मेदवार प्रदीप यादवको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

वीरगञ्ज, फागुन ५।पर्सा क्षेत्र नम्बर १ का नेकपा (एमाले) का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगञ्ज महानगरपालिका वडा नं. १६ अन्तर्गत इनार्वा क्षेत्रमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। मंगलबार आयोजित कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी तथा युवासँग प्रत्यक्ष भेटघाट गर्दै सुझाव, सल्लाह र आशीर्वाद लिएका थिए। स्थानीयहरूसँगको भेटघाटले […]

पुरा पढ़नुश

मूर्लीका मतदातासँग कांग्रेस उम्मेदवार अनिल रुङ्टाको घरदैलो, स्थानीयबाट विकासका अपेक्षा

वीरगञ्ज, फागुन ४ । पर्सा क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाले वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ अन्तर्गत मूर्ली क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। सो क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा छलफल गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुनेका थिए। घरदैलो अभियानका क्रममा उम्मेदवार रुङ्टाले मूर्लीका बासिन्दासँग आत्मीय […]

पुरा पढ़नुश

हरि पन्तको घरदैलो अभियान तीव्र, हजारौं युवा र पेशाकर्मी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश

वीरगञ्ज, फागुन ,४।राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। पन्तले हिजो मनियारी क्षेत्रमा र आज लालपर्सामा व्यापक जनसहभागितासहित घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन्। घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना, प्रतिबद्धता र विकासका […]

पुरा पढ़नुश

वीरगञ्ज–१६ नगवामा एमालेको चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय उद्घाटन

वीरगञ्ज, फागुन  ४ , (सोमबार)। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बनाउने क्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवामा चुनाव प्रचार–प्रसार तथा सम्पर्क कार्यालय विधिवत रूपमा उद्घाटन गरिएको छ। प्रतिनिधि सभा सदस्य पदका एमाले उम्मेदवार प्रदीप यादव ले सोमबार आयोजित कार्यक्रमका बीच उक्त कार्यालय उद्घाटन गर्दै […]

पुरा पढ़नुश

अनिल रुङ्गटाको उपस्थितिमा युवा नेता अनारुल अन्सारी नेपाली कांग्रेसमा प्रवेश

वीरगञ्ज, फागुन ३ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पर्सा क्षेत्र नं. १ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ। यसै क्रममा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्गटाको प्रत्यक्ष उपस्थितिमा वीरगञ्ज महानगरपालिका वडा नं. १३ का युवा नेता अनारुल अन्सारीलाई भव्य कार्यक्रमबीच पार्टी प्रवेश गराइएको छ। वीरगञ्ज महानगरपालिका–१३ मा […]

पुरा पढ़नुश

पर्सा क्षेत्र नं. ३ मा आम जनता पार्टीका उम्मेदवार ईस्तखारको घरदैलो अभियान तीव्र, मोबाइल छापमा मतदान गर्न अपिल

पर्सा, २ फागुन । पर्सा निर्वाचन क्षेत्र नं. ३ मा प्रतिनिधि सभा सदस्य पदका लागि आम जनता पार्टीका उम्मेदवार मोहम्मद ईस्तखारको चुनावी अभियान तीव्र बन्दै गएको छ। यसैक्रममा पर्साको झौवा र पर्सौनी क्षेत्रमा व्यापक घरदैलो कार्यक्रम सञ्चालन गर्दै मतदातासँग प्रत्यक्ष भेटघाट गरिएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार ईस्तखारले स्थानीय बासिन्दासँग संवाद गर्दै आफ्ना योजना, प्रतिबद्धता […]

पुरा पढ़नुश

प्रधानमन्त्री सुशीला कार्कीको सन्देश : “फागुन महिना, निर्वाचन महिना”

काठमाडौ ,१ फागुन । सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचन लक्षित सन्देश दिँदै फागुन महिनालाई “निर्वाचन महिना” का रूपमा उल्लेख गर्नुभएको छ। उहाँले पाथीभराबाट शुभारम्भ गर्दै देशभर शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न होस् भन्ने कामना व्यक्त गर्नुभएको हो। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ– “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।” […]

पुरा पढ़नुश

रुङ्टाको घरदैलो अभियानमा जनसमर्थन उकालो, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ मा समर्थन लहर तीव्र

पर्सा, १ फागुन ।पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाको घरदैलो तथा भेटघाट अभियानले तीव्रता लिएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–३२ टेडामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणले सार्वजनिक रूपमा रुङ्टालाई समर्थन जनाएका छन्। मतदातासँगको प्रत्यक्ष संवादका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रले अब इमानदार, जवाफदेही र जनतासँग […]

पुरा पढ़नुश

राप्रपा पर्सा–१ मा नन्दु श्रीवास्तवको घरदैलो तथा पार्टी प्रवेश अभियान तीव्र

पर्सा, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दु श्रीवास्तवले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। बुधबार राप्रपा पर्सा–१ अन्तर्गत शोलखपुर–३१ मा आयोजित बृहत् पार्टी प्रवेश तथा बुथ कमिटी गठन कार्यक्रममा उम्मेदवार श्रीवास्तव सहभागी भएका थिए। […]

पुरा पढ़नुश