‘मोन्था’ चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा : वर्षा र हिमपातको चेतावनी

काठमाडौं, कार्तिक १३ । बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको प्रभाव बिहीबारदेखि नेपालमा देखिने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस चक्रवातका कारण सम्भावित जोखिमबारे सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन्। विभागका अनुसार चक्रवात ‘मोन्था’ को प्रभाव २०८२ साल कार्तिक १३ गते […]

पुरा पढ़नुश

मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन र निर्वाचन तयारी सम्बन्धी समन्वय बैठक सम्पन्न

महोत्तरी, १२ कार्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालको प्रमुख आतिथ्यमा नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीमा मधेश प्रदेशको शान्ति–सुरक्षा, सुशासन, सेवा प्रवाह र आगामी निर्वाचन तयारी सम्बन्धी सुरक्षा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा प्रदेशभरिको सुरक्षा अवस्थाको समीक्षा गर्दै आगामी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक तयारी, समन्वय र रणनीतिबारे विस्तृत छलफल गरिएको […]

पुरा पढ़नुश

फेटामा वीरगंज सामुदायिक आँखा अस्पतालद्वारा निःशुल्क आँखा जाँच शिविर, ९४ जनामा मितियाबिन्दु संक्रमण

बारा, १२ कार्तिक । वीरगंज सामुदायिक आँखा अस्पतालले बाराको फेटा गाउँपालिकामा निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ। स्थानीय बासिन्दाको स्वास्थ्य सुलभ बनाउन उद्देश्यमूलक रूपमा आयोजित उक्त शिविरमा सयौँ नागरिकले आँखा परीक्षण गराएका छन्। अस्पतालका सञ्चालक महेश सिंह धामीकाअनुसार फेटा गाउँपालिका–५ फुलवारियामा आयोजित शिविरमा कुल २७० जनाको आँखा परीक्षण गर्दा ५५ जनामा मितियाबिन्दु (Cataract) संक्रमण […]

पुरा पढ़नुश

Gen-Z आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार कैदी पर्सामा पक्राउ

वीरगञ्ज, १२ कार्तिक । Generation-Z (Gen-Z) आन्दोलनका क्रममा ललितपुरस्थित नख्खु कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी लालबाबु साहलाई पर्सामा पक्राउ गरिएको छ। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१० रानीघाट निवासी ३९ वर्षीय लालबाबु साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी […]

पुरा पढ़नुश

मेयर सिंहको आह्वान : “सिर्सिया सफाइलाई अब पर्वसँग होइन, चेतनासँग जोडौं”

बीरगंज, १२ कार्तिक। बीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले सिर्सिया नदीको प्रदूषण समस्या केवल छठ पर्वमा सम्झने होइन, वर्षभर सचेत र सक्रिय रहँदै स्थायी समाधान खोज्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत भावनात्मक अभिव्यक्ति दिँदै उनले भनेका छन् — “‘डुब्दै गएपछि डाँडो सम्झने’ उखानझैं, सिर्सियाको व्यथा पनि यस्तै नियतिको शिकार बन्दै गएको छ। छठ आउँदा मात्र हामी सिर्सिया […]

पुरा पढ़नुश

पूर्व खानेपानी मन्त्री यादवद्वारा बिरगंज -१६ मा विराट कुस्ती प्रतियोगिताको उद्घाटन

बिरगंज, १२ कार्तिक । पर्सा–१ का निवर्तमान सांसद तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले बीरगंज महानगरपालिका–१६ इनर्वामा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिताको मंगलबार (कार्तिक ११ गते) उद्घाटन गरेका छन्। इनर्वा महाबीर मन्दिर संरक्षण समाज, पर्साद्वारा शुभ दीपावली तथा छठ पर्वको उपलक्ष्यमा आयोजित उक्त प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै यादवले परम्परागत खेल कुस्तीलाई संरक्षण र प्रवर्द्धन गर्न […]

पुरा पढ़नुश

मनाङमा भारी हिमपातपछि १५०० जनाको उद्धार, नेपाली सेनाको नेतृत्वमा सफल अभियान

मनाङ, कात्तिक १२ । मनाङ जिल्लाको तिलिचो, खाङ्गसार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे क्षेत्रहरूमा कात्तिक १० गतेदेखि लगातार परेको भारी हिमपातका कारण विभिन्न स्थानमा फसेका करिब १५०० जनालाई सुरक्षित उद्धार गरिएको छ। उद्धारमा नेपाली सेनाको नयाँ भैरवीदल गुल्म, मनाङबाट खटिएको टोलीले स्थानीय प्रशासन, जनप्रतिनिधि, सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरूको सहकार्यमा ठूलो […]

पुरा पढ़नुश

काठमाडौँमा प्रहरी कार्यालय तोडफोड, आगजनी र लुटपाटमा संलग्न १५ जना पक्राउ

काठमाडौँ, ११ कार्तिक । भदौ २४ गते भएको प्रदर्शनका क्रममा राजधानीका विभिन्न प्रहरी कार्यालयहरूमा तोडफोड, आगजनी, चोरी तथा लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले सो क्रममा हतियार समेत प्रदर्शन गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक पवन कुमार भट्टराईका अनुसार ती व्यक्तिहरूलाई विभिन्न दसीका […]

पुरा पढ़नुश

प्रधानमन्त्री कार्कीबाट छठ पर्वको शुभकामना : “छठीदेवीको कृपाले देशमा मेलमिलाप, एकता र शान्ति कायम होस्”

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सूर्यदेवको आराधना र प्रकृतिप्रति समर्पित महान् पर्व छठको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई शुभकामना दिएकी छन्। प्रधानमन्त्री कार्यालयमार्फत जारी भएको शुभकामना सन्देशमा उनले छठ पर्वले नेपाली समाजलाई सांस्कृतिक, धार्मिक र सामाजिक रूपमा अझ नजिक ल्याउने सेतुको भूमिका खेलिरहेको उल्लेख गरेकी छन्। प्रधानमन्त्री कार्कीले भनिन्, “सत्य, अहिंसा र […]

पुरा पढ़नुश

पाँच एसएसपी डिआईजीमा बढुवाका लागि सिफारिस, पहिलो नम्बरमा भुपेन्द्रबहादुर खत्री

काठमाडौं, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले पाँच जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) मा बढुवाका लागि सिफारिस गरेको छ। बढुवा सिफारिसमा पहिलो नम्बरमा एसएसपी भुपेन्द्रबहादुर खत्रीको नाम रहेको छ। गृह मन्त्रालयका सचिव रामेश्वर दंगालको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजी पदका लागि सिफारिस गरेको हो। समितिमा प्रहरी महानिरीक्षक (आईजीपी) सदस्य तथा […]

पुरा पढ़नुश