भरतपुरमा ईभी कारमा भीषण आगलागी, कारभित्र एक पुरुष जलेको अवस्थामा मृत फेला

चितवन ,२६ भदौ । चितवनको भरतपुरमा विद्युतीय कार (ईभी) मा अचानक आगलागी हुँदा कारभित्र एक जना पुरुष जलेको अवस्थामा मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार २०८३ भदौ २६ गते बिहान करिब ६ बजे भरतपुर महानगरपालिका–९ बसन्तचोकस्थित पूर्व–पश्चिम राजमार्गको सर्भिस लेनमा उक्त घटना भएको हो। पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा.प्र. ०१–०३० च ५५७९ […]

पुरा पढ़नुश

एलपी ग्यासको कालोबजारी गर्ने दुई व्यवसायी पक्राउ, ८९ सिलिण्डर बरामद

भक्तपुर ,२५ भदौ । खाना पकाउने एलपी ग्यासको कालोबजारी गरेको आरोपमा भक्तपुरबाट दुई जना व्यवसायी पक्राउ परेका छन्। प्रहरीले छुट्टाछुट्टै स्थानमा सञ्चालन गरेको अनुगमनका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे सूर्यविनायक नगरपालिका–३, ब्रम्हनगरस्थित सर्लाही जनरल स्टोरका सञ्चालक २५ वर्षीय उमेश शाह पक्राउ परेका हुन्। सर्लाहीको बरहथवा नगरपालिका–७ घर भई […]

पुरा पढ़नुश

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साह नियुक्त, राष्ट्रपतिसमक्ष लिए शपथ

काठमाडौं,२५ भदौ  । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहबीच मन्त्री साहले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार नवनियुक्त मन्त्री साहले संविधान र प्रचलित कानुनबमोजिम आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धतासहित […]

पुरा पढ़नुश

बाढीले बगाएको देवीघाट–जिलिङ पुल सञ्चालनमा, विदुरसँग सडक सम्पर्क पुनः जोडियो

नुवाकोट ,२५ भदौ ।भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीले बगाएको नुवाकोटको देवीघाटस्थित तादी खोला पुल पुनः सञ्चालनमा आएको छ। पुल सञ्चालनमा आएसँगै अवरुद्ध बनेको धादिङको गल्छी हुँदै नुवाकोट सदरमुकाम विदुर जोड्ने सडक सम्पर्क पुनःस्थापित भएको छ। बाढीका कारण विदुर नगरपालिका–५, देवीघाट र बेलकोटगढी नगरपालिका–८, जिलिङ जोड्ने तादी खोला पुलमा क्षति पुगेपछि उक्त मार्गमा […]

पुरा पढ़नुश

विर्तामोडमा अनलाइन सट्टेबाजीको धन्दा, ३ जना पक्राउ

झापा ,२५ भदौ । झापाको विर्तामोडमा कानूनविपरीत अनलाइन सट्टेबाजी खेल्ने तथा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार २०८३ साल भदौ २४ गते विर्तामोड नगरपालिका–४ स्थित वृक्ष क्याफे परिसरमा अनलाइन सट्टेबाजी खेल्ने–खेलाउने कार्य भइरहेको भन्ने विशेष सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले […]

पुरा पढ़नुश

अमलेखगञ्जमा १८ हजार ३ सय ट्रामाडोल क्याप्सुलसहित वीरगञ्ज-१६ का युवक पक्राउ

बारा ,२४ भदौ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जको सक्रियतामा ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। मिति २०८३ भदौ २४ गते बिहान करिब ९:३० बजे जिल्ला बारा, जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित वडा कार्यालय नजिकै पूर्व–पश्चिम राजमार्गमा प्रहरीले वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकी चेकजाँच गरेको थियो। प्रहरी वरिष्ठ नायब निरीक्षक […]

पुरा पढ़नुश

कोल्हवीमा लोडेड भरुवा बन्दुकसहित वन्यजन्तुको छाला र चराको चुच्चो बरामद

बारा, भदौ २४ । बाराको कोल्हवी नगरपालिका–२ बाँध टोलस्थित एक घरबाट प्रहरीले दुई थान लोडेड भरुवा बन्दुकसहित वन्यजन्तुको जस्तो देखिने छाला र चराको चुच्चो बरामद गरेको छ। अवैध हातहतियार तथा अन्य सामग्री घरमा लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा बुधबार दिउँसो करिब १२ः३० बजे इलाका प्रहरी कार्यालय कोल्हवीबाट खटिएको प्रहरी टोलीले सशस्त्र प्रहरी बल नेपाल […]

पुरा पढ़नुश

वीरगञ्जमा ७ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज ,२४ भदौ । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। लागूऔषध ब्राउन सुगरको खरिद–बिक्री तथा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले २०८३ भदौ २३ गते दिउँसो करिब २ बजे वीरगञ्ज महानगरपालिका–२१, परवानीपुर चोकस्थित सडकखण्डमा चेकजाँच गरेको थियो। प्रहरीको विशेष टोलीले जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको […]

पुरा पढ़नुश

बाराको बरैनियाबाट गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद

बारा,२३ भदौ । बाराको बरैनियाबाट सशस्त्र प्रहरीले ५ किलो लागूऔषध गाँजासहित भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल बीओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक गणेश खत्रीको कमान्डमा खटिएको टोलीले बाराको बिश्रामपुर गाउँपालिका–४, बरैनिया क्षेत्रबाट ५ किलो गाँजा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो। प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेर आएका व्यक्ति […]

पुरा पढ़नुश

अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसमा दीप प्रज्वलन, दिवंगतप्रति श्रद्धाञ्जली

काठमाडौं ,२३ भदौ ।अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागअन्तर्गत इन्टरपोल शाखा नक्सालको आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भोटेकोशी बाढी आएको १३औँ दिन तथा नेपाल सरकारले राष्ट्रिय शोक मनाउने निर्णय गरेको सन्दर्भमा बाढीमा परी ज्यान गुमाएका नेपाली दाजुभाइ तथा […]

पुरा पढ़नुश