ठोरीमा सशस्त्र प्रहरीको ठूलो सफलता : १५८ किलो गाँजासहित घर फेला, सञ्चालक फरार

वीरगञ्ज, असार ११ ।पर्सामा लागू औषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै आएको सशस्त्र प्रहरी बलले ठोरी गाउँपालिकामा ठूलो मात्रामा गाँजा बरामद गर्न सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले विशेष सूचनाको आधारमा सञ्चालन गरेको कर्डन एन्ड सर्च अपरेशनका क्रममा १५८ किलोग्राम प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको हो। सशस्त्र […]

पुरा पढ़नुश

निर्जला एकादशीको अवसरमा कार्यबाहक नगर प्रमुख आलमद्वारा शुभकामना व्यक्त

वीरगञ्ज, असार ११ । निर्जला एकादशी पर्वको पावन अवसरमा वीरगञ्ज महानगरपालिकाका कार्यबाहक नगर प्रमुख इम्तियाज आलम ले सम्पूर्ण महानगरवासी तथा हिन्दू धर्मावलम्बीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै कार्यबाहक नगर प्रमुख आलमले निर्जला एकादशीले धार्मिक आस्था, आत्मशुद्धि, संयम र सदाचारको सन्देश प्रवाह गर्ने उल्लेख गरेका छन्। उनले यस पर्वले […]

पुरा पढ़नुश

चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ, अदालतमा बुझाइयो

वीरगञ्ज, असार ११ ।चोरी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दामा चार महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ परेका प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको तस्करीविरुद्ध कडा प्रहार : २५ लाखभन्दा बढीका अवैध सामान, चौपाया र पिकअप गाडी बरामद

वीरगञ्ज, असार ११। पर्सामा सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त बनाउँदै एकै अभियानमा २५ लाख ४० हजार ५४७ रुपैयाँ बराबरका अवैध सामान, चौपाया तथा सवारीसाधन बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण मुख्यालय पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको तस्करी नियन्त्रण […]

पुरा पढ़नुश

गुणस्तरहीन खाना बिक्री गरेको आरोपमा चितवनको होटललाई ३ लाख जरिवाना

चितवन, असार १०। भरतपुर महानगरपालिका–१० स्थित Lords Business Complex Hotel Pvt. Ltd. लाई उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी गुणस्तरहीन खाद्य सामग्री प्रयोग गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरेको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार उपभोक्ताहरूबाट प्राप्त गुनासोका आधारमा सहायक प्रमुख जिल्ला अधिकारीसहितको निरीक्षण टोलीले होटलमा अनुगमन गरेको थियो। अनुगमनका […]

पुरा पढ़नुश

दाहसंस्कार गर्ने परोपकार घाटमा अश्लील हर्कत गर्ने ४ जना पक्राउ, मोरङ प्रहरीले सुरु गर्‍यो अनुसन्धान

विराटनगर, असार १०। मोरङको विराटनगरस्थित परोपकार घाटमा सार्वजनिक स्थलमै अश्लील तथा अमर्यादित गतिविधि गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मिति २०८३ असार ९ गते राति करिब १२:३० बजे विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा केही व्यक्तिहरू भेला भई होहल्ला गरिरहेको तथा सो समूहका दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको […]

पुरा पढ़नुश

दीप प्रज्वलनसँगै ट्राफिक सप्ताह–२०८३ सम्पन्न, दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली

वीरगञ्ज, असार १०। सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै तथा सुरक्षित यातायातप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले वीरगञ्जको घण्टाघर चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको आयोजनामा सञ्चालन भएको “ट्राफिक जनचेतनामूलक कार्यक्रम–२०८३” अन्तर्गत सातौं तथा अन्तिम दिन “ट्राफिक नियमको पालना गरौं, सवारी दुर्घटनाबाट आफू पनि बचौं, अरूलाई पनि बचाऔं” […]

पुरा पढ़नुश

पर्सा प्रहरीको ठूलो सफलता : १ लाख २० हजारभन्दा बढी प्रतिबन्धित ट्रामाडोल ट्याब्लेटसहित ट्रक र चालक नियन्त्रणमा

वीरगञ्ज, असार १० । पर्सा प्रहरीले लागू औषध नियन्त्रण अभियान अन्तर्गत ठूलो सफलता हासिल गर्दै लाखौं रुपैयाँ बराबरको प्रतिबन्धित लागू औषध ट्रामाडोल बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको लागू औषध नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १ लाख २० हजार ६ सय २० वटा ट्रामाडोल ट्याब्लेटसहित एक […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीद्वारा ९० केजी अवैध माछा बरामद, खाल्टो खनेर नष्ट

बारा, असार ९ । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरिया सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले भारतबाट अवैधरूपमा भन्सार छली नेपाल भित्र्याइँदै गरेको ठूलो परिमाणको मरेको माछा बरामद गरेको छ। सशस्त्र प्रहरी बलको बिओपी बरैनियाबाट सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको कमाण्डमा खटिएको ७ सदस्यीय मोबाइल गस्ती टोलीले सीमाक्षेत्रमा निगरानी गर्ने क्रममा उक्त माछा बरामद गरेको हो। प्रहरी टोलीलाई देख्नेबित्तिकै […]

पुरा पढ़नुश

अनुदानको युरिया मल कालोबजारी गर्ने आरोपमा एक जना पक्राउ, १७ बोरा मल बरामद

पर्सा,९ असार । अनुदानमा उपलब्ध गराइने रासायनिक मल अवैध रूपमा भण्डारण गरी कालोबजारी गरेको आरोपमा पर्सा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरिया र इलाका प्रहरी कार्यालय कालिकामाई बाट खटिएको संयुक्त प्रहरी टोलीले पर्साको कालिकामाई गाउँपालिका–५ निवासी बिरेन्द्र प्रसाद चौरसियालाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चौरसियाले […]

पुरा पढ़नुश