केराको बोक्रा नफाल्नुहोस, यसले दिन्छ छालालाई आश्चर्यजनक फाइदा

काठमाडौं, १५ माघ । केरा हाम्रो स्वास्थ्यका लागि कत्तिको फाइदाजनक छ भन्ने कुरा हामी सबैलाई थाहा छ । यसको सेवनले शरीरलाई तत्काल ऊर्जा प्राप्त हुन्छ र यसले पाचन प्रणालीलाई पनि स्वस्थ राख्छ ।   खासमा केरा खाएपछि यसको बोक्रा तुरुन्तै फालिन्छ। तर के तपाईलाई थाहा छ केराको बोक्रा जसलाई हामीले बेकार ठानेर फोहोर फाल्ने गर्छौं, […]

पुरा पढ़नुश

मन्त्रीपरिषद बैठक बस्दैँ

काठमाडौं, १५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।   नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।   बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।   आजै एमाले […]

पुरा पढ़नुश

जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्वमा एसपी गौतम मिश्र, शान्ति र सुरक्षामा प्राथमिकता

पर्सा, १४ माघ । जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुखको रूपमा प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले सोमबार औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। मानव वेचविखन अनुसन्धान ब्यूरोको अनुसन्धान व्यवस्थापन शाखाबाट सरुवा भई आएका एसपी मिश्रलाई कार्यालयमा प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्साल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईंसहित अन्य प्रहरी अधिकारीहरूले स्वागत गरेका थिए। पदभार ग्रहण […]

पुरा पढ़नुश

प्रेस सेन्टर नेपालको बैठक सम्पन्न, २१औं स्थापना दिवस मनाउने तयारी तीव्र

रसीद आलम ,वीरगञ्ज, १४ माघ प्रेस सेन्टर नेपाल, पर्सा जिल्ला कार्य समितिको बैठक आज वीरगञ्जस्थित होटल गेटवेमा सम्पन्न भएको छ। बैठकको अध्यक्षता प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष शिवनाथ यादवले गर्नुभएको थियो। बैठकले प्रेस सेन्टर नेपालको २१औं स्थापना दिवस विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ। यस अवसरमा माघ १५ गते बिहान ८ बजे वीरगञ्जको घन्टाघरमा […]

पुरा पढ़नुश

इन्द्रचोकबाट ३९ लाख नगदसहित एक जना पक्राउ

काठमाडौं ,१४ माघ । प्रहरीले काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१५ घर भई हाल काठमाडौं टोखा बस्ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन्। उनलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको इन्टेलिजेन्स शाखाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउँसो पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार […]

पुरा पढ़नुश

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार

बारा ,१४ माघ ।बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्। कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि सडकमा ना४ख ४१८६ नम्बरको ट्याङ्करले ना.४७ प ५९९७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको […]

पुरा पढ़नुश

सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री

काठमाडौं ,१४ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन्। सम्पत्ति शुद्धीकरण निवारण प्रथम राष्ट्रिय दिवस, २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस प्रणालीमा आवद्ध सूचक संस्था, नियामक निकाय, कानुन कार्यान्वयन गर्ने निकाय र न्यायिक निकायसमेतको समन्वयमा जोड दिएका […]

पुरा पढ़नुश

जसले कोठामै बसेर दुई करोडको अनलाइन जुवा खेलाए

काठमाडौं ,१४ माघ । गैरकानुनी अनलाइन जुवा खेलाएर दुई करोड बढी रकम कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका वडा नम्बर ९ घर भई हाल काठमाडौं बाफल बस्ने ४८ वर्षीय राजप्रकाश श्रेष्ठ र नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ घर भई हाल काठमाडौं सोह्रखुट्टे बस्ने २३ वर्षीय हरिचन्द्र […]

पुरा पढ़नुश

ग्रीन ल्यान्ड माध्यमिक विद्यालयमा ब्लु क्रसद्वारा महिनावारी सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न

बिरगंज, १४ माघ। ब्लु क्रस ल्याबोरेट्रीज प्राइभेट लिमिटेडले ग्रीन ल्यान्ड माध्यमिक विद्यालयमा महिनावारी सम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ब्लु क्रस ल्याबोरेट्रीजका प्रतिनिधिहरुले महिनावारीको समयमा हुने पेट दुखाइ, जसलाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ भनिन्छ, यसको व्यवस्थापन र औषधिको सही प्रयोगबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। साथै, बिना चिकित्सकीय सल्लाह औषधि सेवन गर्दा हुन सक्ने नकारात्मक प्रभावबारे […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको छापामारी: बिरगंजका एक गोदामबाट ५० लाखभन्दा बढी भन्सार छलिएका सामग्री बरामद

वीरगञ्ज, माघ १४। सशस्त्र प्रहरी बल, पर्साले विशेष सूचनाका आधारमा आज बिहान वीरगञ्ज महानगरपालिका-१०, आदर्शनगरस्थित श्री दुर्गा रोड क्यारियरको गोदाममा छापा मारी ५० लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलिएका कपडा र हार्डवेयरका सामग्री बरामद गरेको सशस्त्रले जनाएको छ। सशस्त्र प्रहरीका नायब उपरीक्षक (डिएसपी) लोकेन्द्र सुब्बाको नेतृत्वमा खटिएको टोलीले गोदाममा राखिएका विभिन्न किसिमका कपडा र हार्डवेयरका […]

पुरा पढ़नुश