शंकास्पद ट्रक समातिँदै चालक बिरगंज -१६ नगवाका विजय साह पक्राउ

मकवानपुर, १ मंसिर । मकवानपुर प्रहरीले शंकास्पद रूपमा सामान लोड गरी काठमाडौँतर्फ गइरहेको एक ट्रक नियन्त्रणमा लिँदै चालकलाई पक्राउ गरेको छ। प्रहरीले नियन्त्रणमा लिएको ट्रकबाट करिब रु. २५ लाख बराबरको बिल–बिजकभन्दा फरक सामान फेला परेको जनाएको छ। मिति २०८२/०७/३० गते राति अन्दाजी १:३० बजे प्रहरी चौकी भैसेबाट खटिएको टोलीले भिमफेदी गाउँपालिका–२ भैसेस्थित चेकपोस्ट नजिकै सवारी […]

पुरा पढ़नुश

बिरगंजमा सशस्त्र प्रहरीद्वारा सिमावासीसँग अन्तरक्रिया : चोरी–तस्करी नियन्त्रणदेखि सामाजिक सुरक्षा सुदृढीकरणसम्म विस्तृत छलफल

बिरगंज ,३० कार्तिक । सशस्त्र प्रहरी बल पर्सा प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगंजले सिमावर्ती क्षेत्रमा सुरक्षा चुनौतिहरू न्यूनीकरण तथा जनसहभागितामूलक सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाउने उद्देश्यले सिमावासीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। बिरगंज भन्सारको सभा हलमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) माधव प्रसाद पौडेल, स्थानीय भद्रभलादमी, जनप्रतिनिधि, सञ्चारकर्मी तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति […]

पुरा पढ़नुश

सशस्त्रका एसपी भट्टको तस्करी संजालमाथि कडा प्रहार : १७ लाख बराबरका अवैध सामान बरामद

पर्सा, ३० कार्तिक । सशस्त्र प्रहरी बल, पर्साका एसपी पुरन चन्द्र भट्टको नेतृत्वमा जिल्लाभर तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त रूपमा अघि बढाइँदै विभिन्न स्थानबाट गरी कुल झण्डै रु. १७ लाख बराबरका अवैध सामान तथा पशुचौपाया बरामद गरिएको छ । विशेष सूचनाका आधारमा गरिएको तीव्र कारबाहीले सीमा क्षेत्रमा सक्रिय तस्करी संजालमाथि ठोस प्रहार भएको सशस्त्र प्रहरीले […]

पुरा पढ़नुश

बारा सशस्त्रद्वारा तस्करी नियन्त्रण अभियान तीव्र, ६ लाख ५० हजार रुपैयाँ बराबरका अवैध सामान बरामद

बारा, ३० कार्तिक । बारा जिल्लामा सशस्त्र प्रहरी बलले तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै विभिन्न सीमा नाकाबाट ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका एसपी खुमबहादुर केसीको नेतृत्वमा सञ्चालित अभियानअन्तर्गत विभिन्न मितिमा  करिब रु ६ लाख ५० हजार बराबरका विभिन्न सामान बरामद गरिएको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका विभिन्न बी.ओ.पी.बाट […]

पुरा पढ़नुश

सिमरामा ४४ ग्राम ब्राउन सुगर सहित २ महिला पक्राउ

बारा,३० कार्तिक । जिल्ला प्रहरी कार्यालय बाराले विशेष सूचनाका आधारमा गरिएको संयुक्त कारबाहीमा ४४ ग्राम ४०० मिलिग्राम खैरो ब्राउन सुगरसहित दुई महिलालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८२ कार्तिक २९ गते साँझ ३ः४० बजे इलाका प्रहरी कार्यालय सिमरा बाराका प्रहरी नायब निरीक्षक दिपक कुमार बस्तेनको कमाण्डमा खटिएको टोली तथा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय […]

पुरा पढ़नुश

बिर्ता प्रहरीद्वारा भिड नियन्त्रण अभ्यास सम्पन्न

बीरगंज, ३० कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत वडा प्रहरी कार्यालय बिर्ताले शनिबार बिहान भिड नियन्त्रण अभ्यास सम्पन्न गरेको छ। मिति २०८२/०७/२९ गते बिहान अन्दाजी ८:३० बजे वीरगंज महानगरपालिका–४ स्थित त्रिजुद्ध मा.वि.को खेलमैदानमा आयोजित सो कार्यक्रममा कार्यालय प्रमुख प्रहरी निरीक्षक बिक्रम सुवेदीको उपस्थितिमा प्रशिक्षण सञ्चालन गरिएको थियो। प्रहरी नायब निरीक्षक सुनिल पनेरु तथा प्रहरी सहायक […]

पुरा पढ़नुश

बीरगंजमा मित्तेरीपुलदेखि भंसार क्षेत्र र शंखधर सांख्वा पार्कको संयुक्त अवलोकन

बीरगंज, २९ कार्तिक । बीरगंज महानगरपालिका क्षेत्रभित्रका महत्वपूर्ण पूर्वाधार तथा सार्वजनिक स्थलहरूको अवस्था निरीक्षण गर्न आज मित्तेरीपुलदेखि बीरगंज भंसार क्षेत्र हुँदै शंखधर सांख्वा पार्कसम्म संयुक्त अवलोकन गरिएको छ। अवलोकन टोलीमा बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, भारतीय महावाणिज्यदूतावासका महावाणिज्यदूत (CG) डी.एस. मिणा, बीरगंज भंसार कार्यालयका प्रमुख विष्णु प्रसाद ज्ञवाली, जिल्ला […]

पुरा पढ़नुश

बिरगंजमा अनलाइन ठगी गिरोह पक्राउ — १० करोडभन्दा बढी अवैध कारोबारको रहस्य खुल्यो

बिरगंज, २८ कात्तिक। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सुदिप राज पाठकको सक्रिय नेतृत्वमा विराट अनलाइन ठगी नेटवर्क भण्डाफोर भएको छ। बिशेष सूचनाको आधारमा पर्सा प्रहरीले सो गिरोहका तीन सदस्यलाई पक्राउ गरी ठूलो मात्रामा डिजिटल प्रमाण तथा बैंक कार्ड बरामद गरेको जनाएको छ। प्रहरीका अनुसार मिति २०८२/०७/२६ गते दिउँसो १२:०० बजे वीरगञ्ज महानगरपालिका–८ स्थित प्रभु […]

पुरा पढ़नुश

पर्साका एसपी पाठकको लागुऔषध नियन्त्रण अभियान तीव्र,गाँजा सहित तीन भारतीय नागरिक पक्राउ

बिरगंज, २८ कात्तिक । पर्सा प्रहरीले पछिल्ला दिनमा लागुऔषध नियन्त्रण अभियानलाई तीव्र बनाएको छ। अभियानलाई प्रभावकारी बनाउन सक्रिय पर्सा प्रहरी प्रमुख एसपी सुदिपराज पाठकको निर्देशनमा गरिएको विशेष अपरेसनमार्फत तीन जना भारतीय नागरिक लागुऔषध गाँजा सहित पक्राउ परेका छन्। विशेष सूचनाका आधारमा २०८२ साल कात्तिक २६ गते दिउँसो करिब १२ बजेतिर पर्सागढी नगरपालिका–९ बडेर्वा पेट्रोलपम्प नजिकको […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक दानबहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

काठमाडौं,२७ कार्तिक  । नेपाल सरकार मन्त्रिपरिषद्को २०८२ कात्तिक २४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक (आईजीपी) पदमा पदोन्नति पाउनुभएका दानबहादुर कार्की बिहीबार दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले प्रहरी महानिरीक्षक कार्कीलाई दर्ज्यानी चिन्ह लगाइदिनुभयो । सो अवसरमा गृहसचिव दंगालले नेपाल सरकारले विधि र पद्धतिको आधारमा नेपाल प्रहरीको प्रमुखको […]

पुरा पढ़नुश