वीरगञ्जमा जुवाखालबाट तीन जना पक्राउ

पर्सा, असोज २७।  जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १६ फुलवारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरीले छापा मारी तीन जनालाई नियन्त्रणमा लिएको छ। असोज २६ गते राति करिब ९ः४५ बजे खटिएको प्रहरी टोलीले जुवाखालबाटै रु. ५०,७५५ (पचास हजार सात सय पचपन्न) नगद र तीन वुक तास सहित […]

पुरा पढ़नुश

हुण्डी कारोबार नियन्त्रण अभियान अन्तर्गत पर्सा प्रहरीले नियन्त्रणमा लियो बिरगंज -१६ का किशन यादवलाई

बीरगञ्ज, असोज २७ । पर्सा प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक युवकलाई ४ लाख ३४ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको अवैध मुद्रा तथा हुण्डी कारोबार नियन्त्रण अभियान अन्तर्गत उक्त सफलता प्राप्त भएको हो। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा […]

पुरा पढ़नुश

प्रहरी निरीक्षक निकिता मिश्रलाई मधेश प्रदेश प्रहरी कार्यालयद्वारा प्रशंसा–पत्र

जनकपुरधाम,२७ असोज  । नेपाल प्रहरी संगठनप्रति उच्च समर्पण, कर्तव्यनिष्ठा र जनसेवाप्रतिको लगनशीलता प्रदर्शन गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) निकिता कुमारी मिश्र लाई मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रशंसा–पत्र प्रदान गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत प्रहरी निरीक्षक मिश्रले जनसुरक्षाको अनुभूति दिलाउने, अपराध नियन्त्रण, घरेलु हिंसा रोकथाम, लागुऔषध नियन्त्रण, […]

पुरा पढ़नुश

नागरिकको सेवामा कुनै पनि किसिमका बिचौलियाको प्रभाव पर्न नदिने गरी काम कारवाही गर्न मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी थपलियाद्वारा  निर्देशन।

जनकपुरधाम ,२७ असोज । नेपाल सरकार गृह मन्त्रालयको निर्णयअनुसार मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधाममा हालै सरुवा भई आउनु भएका प्रहरी नायव महानिरीक्षक (डिआइजी) गोबिन्द थपलियालाई प्रहरी कर्मचारीहरूले स्वागत गरेका छन्। स्वागत कार्यक्रमपछि डिआइजी थपलियाले भर्चुअल माध्यमबाट मधेश प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालय प्रमुखहरूलाई समसामयिक विषयमा छलफल तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा […]

पुरा पढ़नुश

सिरहामा लागुऔषधसहित तीन जना पक्राउ, ठूलो परिमाणमा गाँजा र हिरोइन बरामद

सिरहा, असोज २६ । सिरहाको विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाको निर्देशनमा खटिएको संयुक्त प्रहरी टोलीले गोलबजार र माडर क्षेत्रबाट छुट्टाछुट्टै कारवाही गर्दै लागुऔषध खैरो हिरोइन र गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले […]

पुरा पढ़नुश

अमलेखगंजमा लाखौं मूल्य बराबरको प्रतिबन्धित पटाका बरामद

बारा, असोज २६ । जिल्ला प्रहरी कार्यालय बाराअन्तर्गतको इलाका प्रहरी कार्यालय अमलेखगंजले प्रतिबन्धित पटाका नियन्त्रणमा लिन सफल भएको छ। प्रहरीका अनुसार असोज २६ गते बिहान ११:३० बजे सो कार्यालयको चेकपोइन्ट अगाडि नियमित सवारी चेकजाँचका क्रममा उक्त बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरी वरिष्ठ नायब निरीक्षक (प्र.ब.ना.नि.) धनप्रसाद श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट […]

पुरा पढ़नुश

पर्साको पकहा मैनपुरमा विद्युत् सर्ट भएर आगलागी, झण्डै दुई लाखको क्षति

पर्सा, असोज २६ । जिल्ला पर्सा पकहा मैनपुर गाउँपालिका–१ धोरेमा विद्युत् सर्ट भई गोठघरमा आगलागी भएको छ। असोज २६ गते राति करिब २:०० बजेको समयमा स्थानीय धुपनाथ राउतको गोठघरमा विद्युत् तार सर्ट हुँदा आगलागी भएको हो। आगलागी भएको सूचना प्राप्त भएपछि प्रहरी चौकी धोरेबाट प्रहरी सहायक निरीक्षक भन्टु राय यादवको कमाण्डमा टोली घटनास्थलमा खटिएको थियो। […]

पुरा पढ़नुश

बारा सिम्रौनगढमा माटोको ढिस्कोमा पुरिँदा दुईजनाको मृत्यु, छ जना घाइते

बारा, असोज २५ । जिल्ला बारा सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा माटो खन्ने क्रममा शनिबार बिहान माटोको ढिस्कोमा पुरिँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। बारा प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय सिम्रौनगढमा बिहान करिब ८:५० बजे घटना भएको जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक पवन पछाईको कमाण्डमा १४ […]

पुरा पढ़नुश

डिएसपी भण्डारीको कमान्डमा पर्सामा संयुक्त छापामारी, करिब ६ लाख बराबरका सामान बरामद

पर्सा, २५ असोज । जिल्ला पर्सामा सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले भन्सार छलि गरी लुकाइ–छिपाइ राखिएका सामान बरामद गरेको छ। विशेष सूचनाको आधारमा असोज २४ गते बिहान करिब ९ः३० बजे पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिका–१ स्थित सुकुम्बासी टोल का विभिन्न घर र खेतमा छापा मारिएको हो। उक्त अभियान प्रस्तावित सिमा सुरक्षा गुल्म बीरगञ्जका […]

पुरा पढ़नुश

अमरपट्टीमा सशस्त्र प्रहरीद्वारा ५ केजी गाँजासहित दुई युवक पक्राउ

पर्सा, २५ असोज । सशस्त्र प्रहरी बल, नेपाल बीओपी अमरपट्टीको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। असोज २५ गते दिउँसो करिब ३:२० बजे जिल्ला पर्साको विन्दवासिनी गाउँपालिका–४, अमरपट्टीस्थित सशस्त्र प्रहरी बीओपी अमरपट्टीबाट सशस्त्र प्रहरी निरीक्षक कृष्ण बहादुर केसीको कमाण्डमा खटिएको गस्ती टोलीले दुई जनालाई नियन्त्रणमा लिएको हो। नेपालबाट भारततर्फ जान लागेका ती व्यक्तिहरू ना. […]

पुरा पढ़नुश