बारामा झण्डै १३ लाख बराबरका अवैध सामान बरामद

बारा,२३ भदौ । बाराका विभिन्न नाकाबाट सशस्त्र प्रहरीले झण्डै १३ लाख रुपैयाँ बराबरका अवैध सामान (माछा, मदिरा, कपडा र मोटरसाइकल) बरामद गरेको छ। १. बारा, विश्रामपुर – मदिरा र मोटरसाइकल बरामद मिति २०८२ भदौ २२ गते बिहान करिब ७:३० बजे विश्रामपुर–४ बलिरामपुर सीमा क्षेत्रमा बीओपी बरैनियाको टोलीले भारततर्फ लैजाँदै गरेको BR 05 BL 2656 नम्बरको […]

पुरा पढ़नुश

बारामा च्याउ टिप्न गएका व्यक्तिमाथि बाघको आक्रमण, एक जनाको मृत्यु

बारा, २३ भदौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–४ स्थित सिमरामा आइतबार बिहान भएको बाघको बआक्रमणमा एक जनाको ज्यान गएको छ ।   मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ का ५८ वर्षीय छेवाङ्ग लामा रहेका छन । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार लामा बिहान करिब ७ बजे च्याउ टिप्न प्रगतिशील सामुदायिक वनतर्फ गएका बेला […]

पुरा पढ़नुश

पर्सामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पर्सा, भदौ २२ । जिल्ला पर्सा, बीरगंज महानगरपालिका–१४ स्थित सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्साको प्राङ्गणमा आज बिहानदेखि अकुपंजर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नं.१३ गण हे.क्वा. पर्साको आयोजनामा तथा स्टार होलीस्टिक हिलिङ, ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र र ग्रिनसिटी सामुदायिक सेवा केन्द्रको सहकार्यमा सञ्चालित शिविर बिहान ९ बजेदेखि सुरु […]

पुरा पढ़नुश

बारामा अवैध सालको काठ, किराना समान र मोटरसाइकल बरामद

बारा,२२ भदौ । बारामा सशस्त्र प्रहरीले छुट्टाछुट्टै अभियानमार्फत अवैध सामान बरामद गरेको छ। भदौ २१ गते राति ९:१० बजे कोल्हबी नगरपालिका–८ नयाँबस्तीमा सुरक्षा बेस कोल्हबीका स.प्र.ना.नि. सुनिल कुमारको कमाण्डमा खटिएको टोली र सब–डिभिजन वन कार्यालयको संयुक्त टोलीले अवैध रुपमा जंगलबाट ल्याउँदै गरिएको २५ क्युफिट सालको काठसहितको ट्र्याक्टर नियन्त्रणमा लिएको हो। उक्त काठ र ट्र्याक्टरको अनुमानित […]

पुरा पढ़नुश

सामाजिक सञ्जाल बन्द बिरूद्व प्रभु साहको पार्टीले पोखरामा प्रदर्शन गर्ने

पोखरा, २२ भदौं।  प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) सहअध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले दलाल दलतन्त्र बिरुद्धको तेस्रो जनआन्दोलनको तयारीमा जुटन आह्वान गरेका छन् ।   गणतन्त्रको नाममा मुलुकमा दलहरुको लुट, भ्रष्टाचार, कुशासन, अनियमितता बढदै गइरहेको बताउदै उनले तेस्रो जनआन्दोलनको विकल्प नभएको बताए । पोखराको रानीपौवा स्थित तमु भवनमा आज (शनिबार)आजपाको कास्की जिल्ला […]

पुरा पढ़नुश

नम्बरलाई छाडेर सिकाइका लागि पढौं : मनोज ज्ञवाली

काठमाडौं,२१ भदौ  । नबिल बैंकका सीईओ मनोज कुमार ज्ञवालीले देशमा संभावना छ भन्दा गाली खाने दिन आएको बताएका छन्। शैक्षिक धारको ‘द ग्राविटी शो’ एआई पोडकाष्टको शुभारम्भ गर्दै सीईओ ज्ञवालीले समाज नकारात्मकतातर्फ अघि बढेकाले त्यसलाई चिर्दै नेपाल बनाउने अभियानमा आफ्नो ठाउँबाट इमानदारीपूर्वक काम गर्नुपर्नेमा जोड दिए। सीईओ ज्ञवालीले नम्बरको पढाइ छाडेर सिकाइका लागि पढ्ने बानीको […]

पुरा पढ़नुश

मानव बेचबिखन नियन्त्रणमा योगदानबापत पर्साका एसपी मिश्रा सम्मानित

वीरगंज २१ भदौ। मानव बेचबिखन नियन्त्रणमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्मान गरेको छ।   मानव बेचबिखन तथा ओसार–पसार विरुद्धको राष्ट्रिय दिवस (भदौ २०) का अवसरमा राजधानीमा आयोजित विशेष कार्यक्रममा एसपी मिश्रलाई उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी अधिकारीका रूपमा सम्मान गरिएको हो।   […]

पुरा पढ़नुश

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय असंवैधानिक र अलोकतान्त्रिक : प्रचण्ड

काठमाडौ ,२० भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयप्रति कडा आपत्ति जनाएका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत सरकारविरुद्ध आलोचना हुने डरले निरन्तर मुद्दा चलाउने, आफ्नालाई जोगाउने र अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्ने कार्यलाई सरकारले निरन्तरता दिएको आरोप लगाएका छन्। उनका अनुसार संविधानले प्रत्याभूत गरेको […]

पुरा पढ़नुश

बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त पक्राउ

काठमाडौं ,२० भदौ । बैंकिङ कसुर मुद्दामा फरार रहेका ४४ वर्षीय माधव पण्डितलाई प्रहरीले पक्राउ गरेको छ। नुवाकोट पञ्चकन्या गाउँपालिका-३ घर भई हाल काठमाडौं महानगरपालिका-८ बानियाँटार बस्दै आएका पण्डितलाई प्रहरीले साउन १८ गते काठमाडौं महानगरपालिका-१६ बालाजु चोकबाट पक्राउ गरेको हो। पण्डितविरुद्ध काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा अनिल श्रेष्ठले जाहेरी दर्ता गरेका थिए। सोही जाहेरीका […]

पुरा पढ़नुश

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा, मधेशका पत्रकार संगठनहरूको आपत्ति

बारा, २० भदौं । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी परामर्श गोष्ठी हुनुअघि राजधानी काठमाडौंमा आयोजना गरिएको छलफल कार्यक्रमप्रति मधेशका पत्रकार संगठनहरूले आपत्ति जनाएका छन । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले उक्त छलफल कार्यक्रम काठमाडौं कोटेश्वरस्थित एक होटेलमा राखिएको जानकारी आफ्नो व्यक्तिगत ह्वाट्सअप समूहमार्फत मात्र सार्वजनिक गरेका थिए ।   तर, यस […]

पुरा पढ़नुश