वीरगञ्ज–२६ मा नवनिर्मित वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन, सेवाप्रवाह थप प्रभावकारी हुने अपेक्षा
वीरगञ्ज, साउन १५। वीरगञ्ज महानगरपालिका वडा नं. २६ मा नवनिर्मित वडा कार्यालय तथा स्वास्थ्य चौकी भवनको शुक्रबार एक विशेष समारोहबीच उद्घाटन गरिएको छ। भवनको उद्घाटन वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यवाहक नगर प्रमुख आलमले वडा नं. २६ को समग्र विकास र जनसेवाका लागि महानगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो। […]
पुरा पढ़नुश