देवानगञ्ज घटनाबारे सरकारको गम्भीर ध्यानाकर्षण, धार्मिक सद्भाव कायम राख्न संयमता अपनाउन आग्रह

काठमाडौं, साउन १२।नेपाल सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा घटनामा ज्यान गुमाएका व्यक्तिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ। सरकारले घटनामा घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत […]

पुरा पढ़नुश

सडक विस्तारका लागि माईस्थान र आदर्शनगर क्षेत्रमा १० घण्टा विद्युत् अवरुद्ध हुने

वीरगञ्ज, साउन १२।नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले सडक विस्तार कार्यका कारण बुधबार माईस्थान तथा आदर्शनगर क्षेत्रको विद्युत् सेवा अस्थायी रूपमा अवरुद्ध हुने जनाएको छ। वितरण केन्द्रले जारी गरेको सार्वजनिक सूचनाअनुसार २०८३ साउन १३ गते बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म उक्त क्षेत्रमा विद्युत् आपूर्ति बन्द रहनेछ। प्राधिकरणले सडक विस्तार कार्यलाई सहज रूपमा सम्पन्न गर्न […]

पुरा पढ़नुश

मिनीट्रकको छतमा फल्स बटम बनाएर लुकाइएको ४५४ किलो गाँजासहित चालक पक्राउ

महोत्तरी, साउन १२ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा ४५४ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ साउन १२ गते सिन्धुलीको भिमानबाट महोत्तरीतर्फ आउँदै गरेको बा ४ ख ५६९२ नम्बरको मिनीट्रकलाई महोत्तरीको बर्दिबास नगरपालिका–३ मा शङ्कास्पद अवस्थामा रोकी जाँच गरिएको थियो। जाँचका क्रममा ट्रकको […]

पुरा पढ़नुश

वीरगन्जका वडा अध्यक्ष आशुतोष चतुर्वेदी पक्राउ : तत्काल रिहा नगरे आन्दोलनमा उत्रिने वडा अध्यक्षहरूको चेतावनी

वीरगन्ज,१२ साउन  । वीरगन्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेपछि महानगरका सम्पूर्ण वडा अध्यक्षहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले पक्राउको कडा विरोध गर्दै चतुर्वेदीलाई तत्काल रिहा गर्न माग गरेका छन्। अन्यथा साउन १३ गतेदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्। साउन १२ गते जारी संयुक्त प्रेस विज्ञप्तिमा वडा अध्यक्षहरूले जननिर्वाचित प्रतिनिधिमाथि गरिएको […]

पुरा पढ़नुश

दुई पाङ्ग्रे सवारी चालकलाई ट्राफिक प्रहरीको विशेष सचेतना अभियान, एसपी बस्नेतद्वारा प्रत्यक्ष अन्तरक्रिया

पथलैया,१२ साउन । दुई पाङ्ग्रे सवारी चालकहरूको सुरक्षा, सडक अनुशासनको प्रवर्द्धन तथा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरिरहेको जनचेतनामूलक अभियान अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले विशेष सचेतना कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रममा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) ज्ञानेन्द्र बहादुर बस्नेतले मोटरसाइकल तथा स्कुटर चालकहरूसँग प्रत्यक्ष संवाद गर्दै सुरक्षित सवारी सञ्चालन, […]

पुरा पढ़नुश

ब्रेक फेल भएपछि ट्रकमा भीषण आगलागी, चालकको जलेर मृत्यु

धनकुटा, साउन १२ ।धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना भएपछि ट्रकमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ। प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जलविद्युत् आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्र १–०२–००१ क ५३६३ नम्बरको लोबेड ट्रक ब्रेक फेल भई सडकको भित्तामा ठोक्किँदा अचानक आगलागी भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी […]

पुरा पढ़नुश

ससुरालीमा गएर श्रीमतीको हत्या प्रयास आरोपमा श्रीमान पक्राउ,

सर्लाही, साउन १२ ।सर्लाहीको बागमती नगरपालिका–५ टेकानीस्थित ससुरालीमा आफ्नै श्रीमतीको हत्या गर्ने प्रयास गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको धनकौल गाउँपालिका–१ शेखौना निवासी २१ वर्षीय बसन्ता बैठा धोबी रहेका छन्। प्रहरीले दिएको जानकारीअनुसार सोमबार राति करिब ८ बजे उनले आफ्नी १८ वर्षीया श्रीमती चिन्ता देवीलाई कुटपिट गरेपछि साडीको पासो लगाएर झुन्ड्याई […]

पुरा पढ़नुश

पेट्रोल हाल्ने क्रममा मोटरसाइकलमा आगलागी, पूर्ण रूपमा जलेर नष्ट

बारा, साउन ११ ।बाराको परवानीपुर गाउँपालिका–५ नौतनस्थित रहेको ऋषभ आलय स्टोरमा पेट्रोल हालेर मोटरसाइकल स्टार्ट गर्ने क्रममा अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट भएको छ। बारा प्रहरीका अनुसार आइतबार दिउँसो करिब ३:३० बजे ना २२ प ८८०७ नम्बरको मोटरसाइकलमा पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा अचानक आगो लागेको हो। आगलागीबाट मोटरसाइकल पूर्ण रूपमा जलेर […]

पुरा पढ़नुश

सीमा सुरक्षालाई प्रभावकारी बनाउन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा लुम्बिनी प्रदेशका सीमा क्षेत्रको अनुगमन

काठमाडौं, साउन ११।सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायण दत्त पौडेलले साउन १० गते लुम्बिनी प्रदेशअन्तर्गत पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देही जिल्लाका सीमा क्षेत्रको अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा महानिरीक्षक पौडेलले ती जिल्लामा रहेका सशस्त्र प्रहरी बल नेपालका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोस्ट (बीओपी) तथा सुरक्षा पोस्टहरूको निरीक्षण गर्नुका साथै त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरूलाई […]

पुरा पढ़नुश

बकैया खोलामा पानीको बहाव बढेपछि निजगढमा माइकिङ गर्दै स्थानीयलाई सतर्क गराइयो

बारा, साउन ११। लगातार परेको अविरल वर्षाका कारण बारा जिल्लाको निजगढ नगरपालिका–८ स्थित बकैया खोलामा पानीको बहाव करिब ७ फिटसम्म बढेपछि स्थानीय बासिन्दालाई सतर्क गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जनचेतनामूलक माइकिङ अभियान सञ्चालन गरेको छ। मिति २०८३ साउन १० गते राति करिब ९:०० बजेदेखि परेको वर्षापछि खोलामा पानीको सतह उल्लेख्य रूपमा बढेपछि […]

पुरा पढ़नुश