बारा सशस्त्र प्रहरीको सक्रियतामा रु. ४ लाख ५५ हजार बराबरको अवैध सामान बरामद

बारा, ३ पुस। सशस्त्र प्रहरी बल, नेपाल बाराका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको सक्रिय कमाण्ड तथा निर्देशनमा सीमा क्षेत्रमा गरिएको कडाइका कारण अवैध ओसार–पसार नियन्त्रणमा उल्लेखनीय सफलता प्राप्त भएको छ। पछिल्लो दुई दिनको अवधिमा बाराका विभिन्न सीमा नाकाबाट भन्सार छलि भित्र्याइँदै तथा बाहिर लैजान खोजिएका करिब रु. ४ लाख ५५ हजार बराबरका अवैध […]

पुरा पढ़नुश

पर्सा प्रहरीका एसपी पाठकको नेतृत्वमा लागुऔषध नियन्त्रण अभियान तीब्र ,१७६ केजी गाँजासहित चालक पक्राउ

रसीद आलम । बीरगञ्ज, १ पुस । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा जिल्लाभर सञ्चालनमा रहेको लागुऔषध नियन्त्रण अभियानले निरन्तर उल्लेखनीय सफलता हासिल गर्दै गएको छ। अपराध नियन्त्रण, युवालाई लागुऔषधको दुष्प्रभावबाट जोगाउने तथा समाजमा शान्ति–सुरक्षा कायम गर्ने उद्देश्यका साथ अगाडि बढाइएको उक्त अभियानलाई प्रहरीले अझ प्रभावकारी र कडाइका साथ अघि […]

पुरा पढ़नुश

मुद्दा मिलाइदिन्छु भन्दै १० हजार घुस लिने दुई व्यक्ति पक्राउ

कपिलवस्तु, १ पुस । जिल्ला प्रहरी कार्यालय तौलिहवा, कपिलवस्तुले मुद्दा मिलाइदिने प्रलोभन देखाई १० हजार रुपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई नियन्त्रणमा लिएको छ। मिति २०८२।०८।१२ गते राति कपिलवस्तु नगरपालिका वडा नं. ३ विशम्भरपुरमा झैँझगडा भई कुटपिट तथा ज्यान मार्ने उद्योगसम्बन्धी घटना भएको भन्दै लक्ष्मण केवटको जाहेरीका आधारमा वादी नेपाल सरकार र प्रतिवादी कपिलवस्तु नगरपालिका […]

पुरा पढ़नुश

“नभनी दिन–रात, नागरिकको सुख–दुःखमा नेपाल प्रहरीको साथ”

(ग्रामिण गस्तीमार्फत सुरक्षा, भरोसा र सेवा विस्तारमा सक्रिय नेपाल प्रहरी) काठमाडौ ,१ पुस  नागरिकको जीवन, सम्पत्ति र सम्मानको सुरक्षा सुनिश्चित गर्ने संवैधानिक दायित्वका साथ नेपाल प्रहरी दिन–रात नभनी जनताको सुख–दुःखमा साथ दिँदै आएको छ। “नभनी दिन–रात, नागरिकको सुख–दुःखमा नेपाल प्रहरीको साथ” भन्ने मूल नारालाई व्यवहारमा उतार्दै नेपाल प्रहरीले ग्रामीण भेगहरूमा नियमित तथा प्रभावकारी ग्रामिण गस्तीलाई […]

पुरा पढ़नुश

सर्लाहीमा ४० बिघा क्षेत्रफलमा लगाइएको अवैध गाँजा खेती फडानी

सर्लाही, मंसिर २९। जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी तथा मातहतका प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस हरिवन, सर्लाहीको संयुक्त टोलीले अवैध रूपमा लगाइएको गाँजा खेती फडानी तथा नष्ट गर्ने कार्य सम्पन्न गरेको छ। मिति २०८२।०८।२८ गते बिहान करिब ११:२५ बजे लालबन्दी नगरपालिका–१४ स्थित माईस्थान तथा आसपासका चुरे क्षेत्रका विभिन्न […]

पुरा पढ़नुश

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबाट गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका प्रहरी कर्मचारीलाई निर्देशनात्मक सम्बोधन

पोखरा,२९ मंसिर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतका विभिन्न प्रहरी इकाइमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशनात्मक सम्बोधन गर्नुभएको छ। उक्त अवसरमा महानिरीक्षक कार्कीले शान्ति–सुरक्षा कायम राख्न, अपराध नियन्त्रण तथा अनुसन्धानलाई अझ प्रभावकारी बनाउन र जनमुखी प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभयो। उहाँले प्रहरी संगठनको छवि मजबुत बनाउन अनुशासन, […]

पुरा पढ़नुश

१० हजार घुस लिएर न्याय नदिएको आरोप: बहुअर्वा भाठ्ठा चौकीका असई राम बिश्वास पटेलमाथि गम्भीर आरोप, असईद्वारा आरोप अस्वीकार

पर्सा, २९ मंसिर । पर्सा जिल्लास्थित अस्थायी प्रहरी चौकी बहुअर्वा भाठ्ठाका प्रहरी सहायक निरीक्षक (असई) राम बिश्वास पटेलमाथि पीडित महिलाले १० हजार रुपैयाँ लिई न्याय नदिएको गम्भीर आरोप लगाएकी छिन। यद्यपि, असई पटेलले भने उक्त आरोप पूर्ण रूपमा अस्वीकार गरेका छन्। पीडित महिला बारा जिल्लाको डुमरवाना बस्ने वर्ष २६ की सोनम चौधरी रहेको खुलेको छ। […]

पुरा पढ़नुश

धनुषा प्रहरीका बरिष्ठ सई सागर शम्सेर ज.ब.रा. ‘पुलिस अफ द मन्थ’ घोषित

धनुषा ,२८ मंसिर । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी बरिष्ठ नायव निरीक्षक सागर शम्सेर ज.ब.रालाई २०८२ साल मंसिर महिनाको ‘उत्कृष्ट प्रहरी (Police of the Month)’ घोषित गरिएको छ। जिल्ला प्रहरी कार्यालय धनुषा अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई हाल प्रहरी चौकी जनकपुरधाममा कार्यरत प्र.ब.ना.नि. सागर शम्सेर ज.ब.रा.ले अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा चोरी–तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता, राजश्व संकलनमा उल्लेख्य वृद्धि

वीरगञ्ज,२८ मंसिर  । सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्साले आर्थिक वर्ष २०८२/०८३ को सुरुआती पाँच महिनामै अवैध चोरी–तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ। गणपति सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्टको नेतृत्वमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा. पर्सा वीरगञ्जले यस अवधिमा रु. १३ करोड ६२ लाख ७२ हजार […]

पुरा पढ़नुश

वीरगन्ज–१८ सौरहामा करिब ५० युवा जनमत पार्टीमा प्रवेश, बुथ समिति र युवा दस्ता गठन

पर्सा, मंसिर  २७। पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर–१८ सौरहामा करिब ५० जना युवाहरू जनमत पार्टीमा प्रवेश गरेका छन्। उक्त अवसरमा सम्पन्न भेलाबाट स्थानीय अगुवा अशोककुमार कानुको अध्यक्षतामा बुथ समिति गठन गरिएको छ भने स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथस्तरीय युवा दस्ता गठन गरिएको जनमत पार्टी पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले जानकारी […]

पुरा पढ़नुश