भक्तपुरमा पहिरोले क्षति, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा जोखिम न्यूनिकरण प्रयास

भक्तपुर, असोज २० । अविरल वर्षाका कारण भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–९ माझापाटीस्थित क्षेत्रमा पहिरो गएर क्षति पुगेको छ। उक्त स्थानमा भएको क्षति न्यूनीकरण तथा थप जोखिम रोकथामका लागि नेपाल प्रहरी, अन्य सुरक्षा निकाय र स्थानीयवासीहरूको सहकार्यमा तत्काल पहिरो हटाउने कार्य भइरहेको छ। सुरक्षाकर्मीहरू र स्थानीयको संयुक्त प्रयासमा पहिरो प्रभावित स्थानमा बाध निर्माण गरी थप क्षति […]

पुरा पढ़नुश

प्रधानमन्त्री सुशील कार्कीको संवेदना: “विपद् पीडितप्रति सहानुभूति, राहत कार्य जारी”

काठमाडौं, असोज २०। प्रधानमन्त्री सुशील कार्कीले हालैको अत्याधिक वर्षाका कारण इलामसहितका विभिन्न स्थानमा उत्पन्न भएको विपद् र जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक संजालमा एक सन्देशमार्फत भनेकी छिन , “यस कठिन घडीमा दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु।” उहाँले राहत र उद्धार कार्यमा अहोरात्र खटिने सुरक्षाकर्मी, […]

पुरा पढ़नुश

काठमाडौंको चन्द्रागिरीमा बेवारिसे पुरुषको मृत्यु, प्रहरीले सनाखतका लागि आग्रह

काठमाडौं, असोज २०। जिल्ला काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडकखण्डमा एक अज्ञात पुरुष मृत अवस्थामा फेला परेका छन्। असोज १८ गते साँझ करिब ८:३० बजे सो स्थानमा करिब ३० देखि ३५ वर्ष उमेरको पुरुष व्यक्ति लडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो। उनलाई तत्काल उपचारका लागि सशस्त्र प्रहरी बल (APF) अस्पताल पुर्‍याइएको थियो। तर […]

पुरा पढ़नुश

अविरल वर्षा पछि आएको बाढी बीच सशस्त्र प्रहरीद्वारा गर्भवती महिलाको वीरगञ्जमा उद्धार

पर्सा, असोज १९ –।अविरल वर्षापछि आएको बाढीले प्रभावित क्षेत्रहरूमा सशस्त्र प्रहरी बल, नेपाल पर्साले उद्धार कार्यलाई युद्धस्तरमा अघि बढाइरहेको छ। यही क्रममा एक गर्भवती महिलालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरी अस्पतालसम्म सुरक्षित रूपमा पुर्‍याइएको छ। असोज १९ गते साँझ करिब ६ बजे सशस्त्र प्रहरी बल, नेपाल नं.१३ गण हे.क्वा. पर्साबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको […]

पुरा पढ़नुश

सबैभन्दा बढी वर्षा रौतहटमा ३५८ मी.मी.,वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिसकेकाले मौसममा सुधार आएको:जल तथा मौसम विज्ञान विभाग

काठमाडौं, असोज १९ । जल तथा मौसम विज्ञान विभाग, बबरमहल काठमाडौंले जारी गरेको प्रेस विज्ञप्तिअनुसार बंगालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीको प्रभावका कारण असोज १७ गते साँझदेखि १९ गते बिहानसम्म देशका विभिन्न भागहरूमा मनसुन सक्रिय भई विशेषगरी मधेश, बागमती र कोशी प्रदेशका अधिकांश स्थानहरूमा भीषण वर्षा भएको छ। विभागका अनुसार सो अवधिमा रौतहटको महेशपुरमा […]

पुरा पढ़नुश

अविरल वर्षाले ललितपुर र झापामा जनजीवन प्रभावित, नेपाल प्रहरीले गर्यो उद्धार र पहिरो हटाउने कार्य

असोज १९, ललितपुर/झापा ।असोज १८ गते देखि  निरन्तर परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा जनजीवन प्रभावित बनेको छ। ललितपुर जिल्लाको गोदावरी नगरपालिका–५ खत्रीगाउँस्थित लेले–कन्ज्योसोम जाने बाटो पहिरोका कारण अवरुद्ध भएको छ। उक्त बाटोमा आवागमन पूर्ण रूपमा ठप्प भएपछि नेपाल प्रहरीको टोली खटिइ पहिरो हटाउने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। त्यस्तै, […]

पुरा पढ़नुश

विपद् जोखिम न्यूनीकरणमा सहकार्य आवश्यक: गृहमन्त्री अर्याल

काठमाडौँ ,१८ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकार, नागरिक, सामुदायिक तथा व्यवसायिक संस्थाबीच समझदारी विकास गरी काम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्षसमेत रहेका […]

पुरा पढ़नुश

विपद् व्यवस्थापनका लागि दशैं विदा फिर्ता : सशस्त्र प्रहरी बल नेपालको निर्देशन

काठमाडौं,१८ असोज  । नेपाल सरकारले असोज १९ र २० गतेलाई सार्वजनिक विदा घोषणा गरे पनि प्रतिकूल मौसम र विपद् व्यवस्थापनलाई ध्यानमा राख्दै सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले विशेष निर्देशन जारी गरेको छ । प्रधान कार्यालयले विजया दशमीको अवसरमा विदामा रहेका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई असोज १९ गते बिहान १०:०० बजेसम्म नजिकैको कुनै पनि सशस्त्र […]

पुरा पढ़नुश

बिरगंजमा अविरल वर्षाका कारण छपकैयास्थित माईती नेपाल संस्था डुबान, प्रहरीद्वारा महिलाहरू सकुशल उद्धार

बिरगंज, १८ पर्सा । बिगत असोज १८ गते राति १ बजेबाट परिरहेको अविरल वर्षाका कारण बिरगंज महानगरपालिका–२ छपकैयास्थित माईती नेपाल संस्था डुबानमा परेको छ। उक्त डुबानपछि जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको वडा प्रहरी कार्यालय बिर्ताबाट प्रहरी टोली खटिइ महिलाहरूलाई सकुशल उद्धार गरी सुरक्षित रूपमा प्रहरी कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। उद्धार कार्यमा […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीले रु. ८ लाख बराबरको प्रतिबन्धित ब्रोइलर चल्ला सहित मोटरसाइकल बरामद ,चल्ला नष्ट

पर्सा, १८ असोज । सशस्त्र प्रहरी बल, नेपालले पर्साको धोबिनी गाउँपालिका–२ आस्वारीबाट भारतबाट अबैध रूपमा भित्र्याइएका प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिएर नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा पर्सा अन्तर्गत प्रसीसु गुल्म भिखमपुर, अलौ र बीओपी मिर्जापुरबाट खटिएको २१ जनाको संयुक्त टोलीले ना ८ प ६६२४ नम्बरको मोटरसाइकलमा लुकाइछुपाइ ल्याइएका चल्ला नियन्त्रणमा […]

पुरा पढ़नुश