बारामा मोटरसाइकल दुर्घटनाः उपचारपछि घर फर्काउँदै गर्दा महिलाको बाटोमै मृत्यु

बारा, साउन ७।  बाराको सिम्रौनगढ नगरपालिका–६ पावरहाउसस्थित पर्साटोल क्षेत्रमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएकी एक महिलाको उपचारपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बुधबार बिहान करिब ११ः३० बजे पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको भारतीय नम्बर BR AD 5642 को मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार […]

पुरा पढ़नुश

भन्सार छलीका करिब ४ लाख बराबरका कपडा सशस्त्र प्रहरी पर्साद्वारा बरामद

वीरगञ्ज, साउन ६। पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया स्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलले भन्सार छली गरी नेपाल भित्र्याउँदै गरिएको ठूलो परिमाणको कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल पर्सा , नेपाल बोर्डर आउटपोस्ट (बिओपी) सिर्सियाबाट सशस्त्र प्रहरी निरीक्षक सम्राज खड्काको कमान्डमा खटिएको टोलीले भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरेको विभिन्न किसिमका कपडा […]

पुरा पढ़नुश

My TV लाई प्रहरीले पत्र काटेको घटनाप्रति पत्रकार महासंघ पर्साको आपत्ति, प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगर्न चेतावनी

वीरगञ्ज, साउन ६ । नेपाल पत्रकार महासंघ पर्साले वीरगञ्जबाट प्रसारण हुने My TV लाई जिल्ला प्रहरी कार्यालय पर्साले पत्र काटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले उक्त कदमलाई प्रेस स्वतन्त्रता तथा स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेपका रूपमा व्याख्या गर्दै तत्काल यस्ता गतिविधि रोक्न सम्बन्धित पक्षसँग आग्रह गरेको छ। महासंघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, वीरगञ्ज महानगरपालिका–३१ का वडा […]

पुरा पढ़नुश

सार्वजनिक बिदाको दिन पनि स्मार्ट लाइसेन्स कार्ड वितरण गर्दै यातायात व्यवस्था कार्यालय वीरगञ्ज

वीरगञ्ज, साउन ६ । यातायात व्यवस्था कार्यालय वीरगञ्ज, पर्साले सार्वजनिक बिदाको दिनसमेत सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स कार्ड) वितरण गर्ने भएको छ। कार्यालयले सूचना जारी गर्दै विगतमा जारी भएका नयाँ, थप, नवीकरण तथा प्रतिलिपि गरी १ लाख २४ हजार ८१६ थान स्मार्ट कार्ड एकैपटक प्राप्त भएको जानकारी दिएको छ। सीमित जनशक्तिबाट सबै कार्ड एकैपटक वितरण […]

पुरा पढ़नुश

वीरगञ्ज-१६ ईनर्वाका अशोक जैसवाल पक्राउ

वीरगञ्ज, साउन ६ ।राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। पर्सा प्रहरीका अनुसार विशेष सूचनाको आधारमा खटिएको फैसला कार्यान्वयन टोलीले वीरगञ्ज महानगरपालिका–१६ इनर्वा निवासी ३९ वर्षीय अशोक जैसवाललाई मंगलवार साँझ करिब ६:५० बजे इनर्वा गाउँ सडकखण्डबाट पक्राउ गरेको हो। जैसवालविरुद्ध सम्मानित उच्च अदालत जनकपुर स्थायी इजलास […]

पुरा पढ़नुश

असार महिनाका ‘बेस्ट प्रोभिन्स प्रहरी’ घोषित भए प्रहरी निरीक्षक विशाल मल्ल

जनकपुर, साउन ६ । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक विशाल मल्ललाई २०८३ साल असार महिनाको ‘Best Province Police of the Month’ (सर्वोत्कृष्ट प्रदेश प्रहरी) घोषणा गरेको छ। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (प्र.ना.म.नि.) ओम प्रसाद अधिकारीले “महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३” बमोजिम मल्ललाई प्रशंसा–पत्र […]

पुरा पढ़नुश

हरित वीरगञ्ज अभियानलाई नयाँ गति : ‘एक घर–एक बिरुवा’ कार्यक्रममार्फत ४०० बिरुवा वितरण, वृक्षारोपणमा जनसहभागिता

वीरगञ्ज, साउन ६ । वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ र स्वस्थ समाज निर्माण गर्ने उद्देश्यका साथ ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१०, वीरगञ्ज, पर्साको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ‘एक घर–एक बिरुवा वितरण तथा वृक्षारोपण’ कार्यक्रम सम्पन्न भएको छ। वीरगञ्ज महानगरपालिका–१० स्थित हरि खेतान बहुमुखी क्याम्पस परिसरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, विद्यार्थी तथा […]

पुरा पढ़नुश

समता कर तत्काल लागू नहुने, प्रधानमन्त्री बालेनको घोषणा: निजी अस्पतालमा १०% बेड र शिक्षामा १०% सिट अनिवार्य गरिने

काठमाडौं, साउन ५ ।प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको ३ प्रतिशत ‘समता कर’ हालका लागि लागू नगर्ने निर्णय भएको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रधानमन्त्री शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि जनस्तरबाट आएको व्यापक प्रतिक्रिया र चासोलाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको बताएका हुन्। उनले अहिलेको अवस्थामा समता […]

पुरा पढ़नुश

लागूऔषध नियन्त्रण अभियान तीव्र: जितपुर प्रहरीको दुई छुट्टाछुट्टै अपरेशनमा ब्राउन सुगर र गाँजासहित दुई युवक पक्राउ

बारा, ५ साउन । जिल्ला प्रहरी कार्यालय बाराले लागूऔषध नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउने क्रममा इलाका प्रहरी कार्यालय जितपुरले एकै दिन सञ्चालन गरेको दुई छुट्टाछुट्टै कारबाहीमा दुई युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुवँर को निर्देशनमा सञ्चालन भइरहेको लागूऔषध नियन्त्रण अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय जितपुरका प्रमुख प्रहरी वरिष्ठ नायब […]

पुरा पढ़नुश

गाँजासहित भारतीय नागरिक पर्साबाट पक्राउ, कार समेत नियन्त्रणमा

वीरगञ्ज, साउन ५ ।पर्सा प्रहरीले २० किलोभन्दा बढी गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। चितवनबाट भारततर्फ लैजाँदै गरिएको गाँजा विशेष सूचनाको आधारमा प्रहरीले बरामद गरेको हो। पर्सा प्रहरीका अनुसार मिति २०८३ साउन ५ गते बिहान करिब ११:३० बजे इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–४ स्थित सुहपुर हुलाकी सडकखण्डमा भारतको सुगौलीतर्फ जाँदै […]

पुरा पढ़नुश