भन्सार छलीका सामानसहित पिकअप गाडी नियन्त्रणमा, २१ लाख ५९ हजार रुपैयाँभन्दा बढीका मालसामान गौर भन्सार बुझाइयो

रौतहट, २३ जेठ। रौतहट प्रहरीले भन्सार छली गरी भारतबाट नेपाल भित्र्याइएका विभिन्न सामान तथा एक पिकअप गाडी नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ। इलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरी टोलीले २२ जेठमा दुर्गाभगवती गाउँपालिका–३ स्थित झाझ पुल नजिक चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएको करिब ९ हजार रुपैयाँ […]

पुरा पढ़नुश

अवैध बालुवा उत्खननमा पर्सा प्रहरीको कडा कारबाही, २ ट्याक्टर र १ जेसीबीसहित ३ चालक पक्राउ

पर्सा, २२ जेठ। पर्सा प्रहरीले अवैध बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न दुई वटा ट्याक्टर, एक वटा जेसीबी र तीन जना चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा लोड गरिएको ना.५ त १७४५ र ना.७ त ४१८५ नम्बरका ट्याक्टर तथा प्रदेश […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको तस्करी नियन्त्रण अभियानमा ठूलो सफलता : ५८ लाखभन्दा बढीका अवैध सामानसहित पिकअप भ्यान नियन्त्रणमा

मधेस प्रदेश, २२ जेठ । मधेस प्रदेशमा तस्करी तथा राजस्व छली नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका सामान बरामद गर्न सफलता हासिल गरेको छ। सशस्त्र प्रहरी बल मधेस प्रदेशका प्रमुख डिआईजी कृष्ण ढकाल को निर्देशन तथा तस्करी नियन्त्रण अभियान अन्तर्गत सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण […]

पुरा पढ़नुश

त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा भीषण आगलागी, १२ दमकलको सहयोगमा आगो नियन्त्रण

बारा, २२ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–९ छातापिप्रास्थित त्रिवेणी स्पाइनिङ धागो फ्याक्ट्रीमा बिहीबार बिहान भीषण आगलागी भएको छ। विद्युत् तार सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको बारा प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बिहान करिब १०ः४० बजे फ्याक्ट्रीमा अचानक आगलागी भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेजनारायण बैठाको कमाण्डमा ६ […]

पुरा पढ़नुश

नेपाल–भारत सीमामा संयुक्त फायर फाइटिङ अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य थप मजबुत

बारा, २२ जेठ ।नेपाल र भारतका सुरक्षा निकायबीच सीमा क्षेत्रमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्यलाई अझ प्रभावकारी बनाउन संयुक्त फायर फाइटिङ सिमुलेसन अभ्यास सम्पन्न गरिएको छ। उक्त अभ्यासले दुई देशका सुरक्षा संयन्त्रबीचको समन्वय, सहकार्य र कार्यदक्षता अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताइएको छ। बिहीबार बिहान बारा जिल्लाको सुवर्ण गाउँपालिका–३ सन्तगञ्ज तथा भारतको बिहार राज्य […]

पुरा पढ़नुश

दुधौरा खोलाको काँसघारीमा वृद्ध मृत अवस्थामा फेला

बारा, जेठ २१ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित दुधौरा खोलाको झोलुङ्गे पुल नजिकैको काँसघारीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। स्थानीयवासीले बिहीबार बिहान करिब ९ बजे उक्त स्थानमा एक पुरुष मृत अवस्थामा रहेको देखेपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्जलाई जानकारी गराएका थिए। सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान […]

पुरा पढ़नुश

बारा–पर्सा संयुक्त अपरेशनमा १७.३९ ग्राम ब्राउन सुगरसहित दुई युवक पक्राउ

कलैया, २१ जेठ । बारा र पर्साका प्रहरी इकाईहरूको संयुक्त टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–२ बरैनिया बजारबाट ब्राउन सुगरजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय प्रसौनी बारा, लागूऔषध नियन्त्रण ब्यूरो वीरगञ्ज पर्सा तथा इलाका प्रहरी कार्यालय छतवा बाराबाट खटिएको संयुक्त […]

पुरा पढ़नुश

हावाहुरीले ढालेको रुख हटाउँदै दुई घण्टाभित्र पूर्व–पश्चिम राजमार्ग सञ्चालनमा

बारा, २१ जेठ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१६ ब्राहकिलो क्षेत्रमा आएको हावाहुरीका कारण पूर्व–पश्चिम राजमार्गमा रुख ढल्दा केही समय यातायात प्रभावित भएको छ। बुधबार साँझ करिब ५ः१० बजे आएको हावाहुरीले सडक छेउको ठूलो रुख राजमार्गमा ढालेपछि एकतर्फी रूपमा सवारी आवागमन अवरुद्ध भएको थियो। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी टोली तथा सशस्त्र प्रहरी […]

पुरा पढ़नुश

मकैबारीमा खेलिरहेका १९ महिनाका बालकलाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु

बारा, २१ जेठ । बाराको पचरौता नगरपालिका–४ बेल्दारीमा सर्पदंशका कारण १९ महिनाका एक बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाराका अनुसार स्थानीय संजय रामका १९ महिनाका छोरा धनजय राम आफ्नी आमा सोनापती देवी रामसँग मकैबारीमा गएका बेला सर्पले टोकेको थियो। बुधबार बिहान करिब १० बजे सोनापती देवी ज्यालादारी काम गर्न रबिन्द्र यादवको मकै खेतमा […]

पुरा पढ़नुश

पर्सामा फरार प्रतिवादी पक्राउ अभियान तीब्र , १ वर्ष कैद र १० हजार जरिवाना तोकिएका फरार प्रतिवादी पोखरिया प्रहरीद्वारा पक्राउ।

वीरगञ्ज, जेठ २१ ।जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्रता दिँदै लागूऔषध मुद्दामा अदालतबाट सजाय तोकिएका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले उक्त सफलता हासिल गरेको हो। प्रहरी […]

पुरा पढ़नुश