पर्सा प्रहरीको कडा अपरेसन : किङ्ग क्यासिनो सहित ४ क्यासिनोमा छापामारी, ६ जना पक्राउ

बिरगञ्ज, २७ वैशाख । पर्सा प्रहरीले वीरगञ्ज क्षेत्रमा सञ्चालन भइरहेका क्यासिनोहरूमा विशेष निगरानी बढाउँदै कडा अपरेसन सञ्चालन गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा गरिएको संयुक्त प्रहरी कारबाहीमा King Casino लगायत चार वटा क्यासिनोमा छापामारी गरी जुवातास खेलिरहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार मिति २०८३ […]

पुरा पढ़नुश

बाराको नकटुवामा सशस्त्र प्रहरीको छापामारी : लाखौं मूल्यका अवैध कपडा बरामद

वीरगञ्ज, २६ वैशाख । सशस्त्र प्रहरी बल नेपाल पर्साले सीमा क्षेत्रमा तस्करी तथा भन्सार छलि चोरी पैठारी नियन्त्रण अभियानलाई थप कडाइ गर्दै बारा र पर्साका विभिन्न स्थानमा छापामारी गरी १४ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध कपडा तथा किराना सामान बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको संयुक्त कारबाहीमा सशस्त्र प्रहरी र भन्सार कार्यालयको टोलीले बारा […]

पुरा पढ़नुश

होटलको कोठामा बसेकी युवतीको मृत्यु प्रकरण : बारा प्रहरीको तीव्र अपरेसनमा केही घण्टामै दुई जना पक्राउ

बारा, २६ बैशाख । बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुवरको निर्देशनमा प्रहरीले तीव्र अपरेसन सञ्चालन गर्दै होटलको कोठाभित्र बसेकी एक युवतीको मृत्यु प्रकरण घटनामा संलग्न आशंकामा रहेका दुई जनालाई केही घण्टामै पक्राउ गरेको छ। मिति २०८३ वैशाख २५ गते राति करिब १० बजे बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा एक युवती घाइते अवस्थामा रहेको […]

पुरा पढ़नुश

लागुऔषध नियन्त्रणमा पर्सा प्रशासन र सुरक्षा निकायको संयुक्त अभियान तीव्र शंकराचार्य गेटमा विशेष चेकपोष्ट स्थापना, ८ जना लागुऔषध सेवनकर्ता नियन्त्रणमा — वीरगञ्ज भन्सार क्षेत्रमा ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज, २६ वैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसन नियन्त्रण तथा सचेतना अभियानलाई तीव्र बनाइएको छ। “लागुऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत शुक्रबार बिहान वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित शंकराचार्य गेटमा विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको […]

पुरा पढ़नुश

सशस्त्र प्रहरीको कडा निगरानीमा वीरगञ्ज भन्सार एरियाबाट ब्राउन सुगरसहित दुई पक्राउ

वीरगञ्ज, २५ वैशाख । पर्सामा बढ्दो लागुऔषध ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरी बलले अभियानलाई तीव्र बनाएको छ । यही अभियानअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको निर्देशनमा सञ्चालन गरिएको विशेष निगरानीका क्रममा वीरगञ्ज भन्सार क्षेत्रबाट ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलको वीरगञ्ज […]

पुरा पढ़नुश

सांसद टेकबहादुर शाक्यको पहलमा पर्साका बन्द भिस्वा छोटी भन्सार पुनः सञ्चालनतर्फ

वीरगञ्ज,२५ बैशाख  । पर्सा क्षेत्र नम्बर–४ का सांसद टेकबहादुर शाक्य को विशेष पहलमा वर्षौंदेखि बन्द अवस्थामा रहेका पर्साका महत्वपूर्ण छोटी भन्सार कार्यालयहरू पुनः सञ्चालनतर्फ अग्रसर भएका छन्। सांसद शाक्यले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो निर्वाचन क्षेत्र अन्तर्गत पर्ने भिस्वा छोटी भन्सार र ठोरी छोटी भन्सार कार्यालय पुनः खुल्ने प्रक्रिया अघि बढेको बताएका हुन्। उनले उक्त […]

पुरा पढ़नुश

४ जना लागुऔषध सेवनकर्ता पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज ,२५ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न स्थानमा गरिएको विशेष चेकजाँच तथा निगरानी अभियानका क्रममा ४ जना लागुऔषध सेवनकर्तालाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार जिल्लाभित्र लागुऔषध दुव्र्यसन तथा अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियान अन्तर्गत शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्दा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक सोधपुछ […]

पुरा पढ़नुश

पोखरियामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, प्रहरी र युवासमाजको सहकार्यमा १२० विद्यार्थी लाभान्वित

वीरगञ्ज,२५ बैशाख  । पर्साको पोखरिया नगरपालिकामा अध्ययनरत बालबालिकालाई शैक्षिक क्षेत्रमा प्रोत्साहन गर्ने उद्देश्यले शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको छ। मिति २०८३/०१/२४ गते जिल्ला पर्सा पोखरिया नगरपालिका वडा नं. ४ स्थित श्री नेपाल रेडक्रस प्राथमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई ईलाका प्रहरी कार्यालय पोखरिया तथा पोखरिया बजरंग युवा समाजको संयुक्त सहकार्यमा पठनपाठनका लागि आवश्यक शैक्षिक […]

पुरा पढ़नुश

बैंकिङ कसूर मुद्दाका ६ फरार प्रतिवादी पक्राउ, ३८ लाख जरिवाना र २ वर्ष कैद सजाय तोकिएको पर्सा प्रहरीले जनायो

पर्सा,२४ बैशाख  । बैंकिङ कसूर सम्बन्धी मुद्दामा अदालतबाट दोषी ठहर भई ३८ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय तोकिएका ६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विभिन्न मितिदेखि फरार रहेका ती प्रतिवादीहरूलाई विशेष खोजतलास तथा अपरेसनका क्रममा नियन्त्रणमा लिइएको हो। पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानुनी प्रक्रिया पूरा […]

पुरा पढ़नुश

पर्सामा लागूऔषध सुधार अभियान सुरु : सरोकारवालासँग व्यापक अन्तरक्रिया सम्पन्न

वीरगञ्ज,२४ बैशाख  । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा सञ्चालन गरिएको “लागूऔषध सेवनकर्ता खोजी एवं सुधार अभियान–२०८३” अन्तर्गत पर्सामा सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न भएको छ। मिति २०८३ वैशाख २२ गते जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा जिल्ला प्रहरी कार्यालय पर्साको सभा हलमा आयोजित कार्यक्रममा लागूऔषध नियन्त्रण तथा सुधार अभियानलाई […]

पुरा पढ़नुश