मौलापुरका जनतालाई ‘फ्री बिजुली, फ्री पानी’, नगरपालिकाले तिरिदियो ३ करोड बढी

रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाले देशकै उदाहरणीय ‘फ्री बिजुली, फ्री पानी’ योजना अन्तर्गत विद्युत प्राधिकरणलाई थप ६० लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको छ। नगर प्रमुख रिना कुमारी साहले हालै प्राधिकरणको मौलापुर वितरण केन्द्रका प्रमुख राम दिनेश यादवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन । यो रकम चालु आर्थिक वर्ष २०८१÷८२ अन्तर्गत […]

पुरा पढ़नुश

कलाकार कलकतियाबालीकी श्रीमती अँसा सदा घरमै मृत फेला, आत्महत्याको आशंका

सिरहा, १० असार । मधेसको चर्चित कलाकार अभिनास झा उर्फ कलकतियाबालीकी श्रीमति अँसा सदा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्।   जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ र २० को बीचमा रहेको नोचा पोखरी नजिकै रहेको आफ्नै घरमा सोमबार राती अँसा सदा मृत अवस्थामा फेला परेकी हुन् ।     गत माघ महिनामा अन्तरजातीय विवाह […]

पुरा पढ़नुश

सप्तरीका एसपी खतिवडामाथि छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति

काठमाडौं ,१० असार ।  घुस लेनदेनको आरोप लागेपछि सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडा छानबिनमा तानिएका छन्। मधेस प्रदेश प्रहरी कार्यालयले खतिवडामाथि छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो। संघीय प्रहरी इकाई जनकपुरमा कार्यरत् प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन भएको मधेस प्रहरी कार्यालयले जनाएको छ। खतिवडासँगै लेनदेन आरोपमा मुछिएका सप्तरीमा कार्यरत् […]

पुरा पढ़नुश

अवैध सवारी कर असुलीमा मुख्यमन्त्रीद्वारा छड्के अनुगमन, तीन जना पक्राउ

पर्सा ,असार ९ । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिँहले भारतबाट आएका सवारी साधनहरूबाट तोकिएको भन्दा बढी सवारी कर असुली भइरहेको व्यापक जनगुनासोपछि सोमबार पर्साको ड्राइपोर्टदेखि परवानीपुरसम्मको नयाँ रोडस्थित विभिन्न ढाटहरूमा आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा केही ढाटहरूले भारतीय गाडीहरूसँग अवैध रूपमा बढी सवारी कर असुली गरिरहेको फेला परेपछि मुख्यमन्त्री सिँहले तत्काल कारबाही गर्न निर्देशन […]

पुरा पढ़नुश

बिरगंज महानगरपालिकाको १७औँ नगरसभा सम्पन्न: आगामी आर्थिक वर्षका लागि ३ अर्ब २२ करोड ४८ लाखको बजेट प्रस्तुत

बिरगंज, असार ९ – बिरगंज महानगरपालिकाको १७औँ नगरसभा सोमबार सम्पन्न भएको छ । नगरसभामा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्। उपप्रमुख आलमले प्रस्तुत गरेको बजेट अनुसार चालु खर्चतर्फ २ अर्ब २६ करोड ५० लाख ४९ हजार (७०.२४ […]

पुरा पढ़नुश

असार ८ गते एयरपोर्ट गेट नजिक रुख ढलेपछि अवरुद्ध सडक उपत्यका विपद् उद्धार गणद्वारा तत्काल सुचारु

काठमाडौँ, असार ९।  काठमाडौं महानगरपालिका–९ अन्तर्गत एयरपोर्ट गेट नजिक आज बिहान परेको अविरल वर्षाका कारण एक ठूलो रुख ढली सडक अवरुद्ध भएको थियो । वर्षायामको कारण कमजोर भएको माटो र हावाहुरीका कारण सो रुख मुख्य सडकमा ढल्दा सवारी आवागमन ठप्प भएको थियो। रुख ढलेपछि सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ उपत्यका विपद् उद्धार गण, सिनामंगलकाे सुरक्षा […]

पुरा पढ़नुश

चोरीको मोटरसाइकलसहित एक जना पक्राउ

वीरगञ्ज, ९ असार । पर्सा प्रहरीले चोरीको मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८२ साल असार ७ गते साँझ ५ बजे वीरगञ्ज महानगरपालिका–९ रानीघाटस्थित शंकर प्रसाद तेलीको घरअगाडि पार्किङ गरी राखिएको मधेश प्रदेश ०३-०३६ प ८५१७ नम्बरको २०० सीसीको एनएस मोटरसाइकलको लक तोडी चोरी भइरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा […]

पुरा पढ़नुश

आफ्नै श्रीमतीको हत्या गर्ने श्रीमान पक्राउ, ५ दिन म्याद थप

पर्सा, ९ असार । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नं. ४ निवासी २२ वर्षीय सफिराजा मियाँले आफ्नै श्रीमती २१ वर्षीया लालबीबी खातुनको घाटी थिची हत्या गरेको आरोपमा पक्राउ परेका छन् । घटना विवरण मिति २०८२ असार ७ गते राति करिब १२:४५ बजे मृतक खातुन आफ्नै सुत्ने कोठाभित्र संकास्पद अवस्थामा मृत फेला परेकी थिइन् । घटनाको सूचना प्राप्त […]

पुरा पढ़नुश

प्रहरी चौकी ईनर्वाले नियन्त्रणमा लियो हुण्डीको रकम सहित एक भारतीय नागरिक ।

रसीद आलम वीरगञ्ज, ९ असार । जिल्ला प्रहरी कार्यालय पर्साअन्तर्गत प्रहरी चौकी ईनर्वाले हुण्डीको रकमसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । असार ६ गते दिउँसो करिब १:३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ रजतजयन्ती चोकमा प्रहरी नायब निरीक्षक रोशन कार्कीको कमान्डमा खटिएको नियमित चेकिङ टोलीले भारतबाट नेपालतर्फ साईकलमा आइरहेका एक जना व्यक्तिलाई शंका लागी […]

पुरा पढ़नुश

अवैध रूपमा ल्याइएका ब्रोईलर कुखुराका चल्ला नष्ट, एक जना पक्राउ

पर्सा, ८ असार — सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको टोलीले धोबिनी गाउँपालिका–१, घोडदौडाबाट भारतबाट अवैध रूपमा चोरी-पैठारी गरी ल्याइएका २५ काटुन (२,५०० गोटा) प्रतिबन्धित ब्रोईलर कुखुराका चल्ला नियन्त्रणमा लिएको छ। भारतको नम्बर प्लेट भएको मोटरसाइकलमा लोड गरी नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा चल्ला बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा पर्सा […]

पुरा पढ़नुश