सडक विस्तारको मलबाले नाला जाम, वर्षापछि वीरगन्जका मुख्य चोक जलमग्न — पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन

वीरगन्ज,२६ असार  । वीरगन्ज महानगरपालिकामा जारी सडक विस्तारका क्रममा नालामा थुप्रिएको मलबाका कारण शुक्रबार राति परेको वर्षापछि सहरका विभिन्न मुख्य चोक जलमग्न भएका छन्। नालाको निकास अवरुद्ध हुँदा मुडली, त्रिमूर्ति चोक, छपकैया इदगाह चोक, पिपरा चोकलगायतका क्षेत्र डुबानमा परेका हुन्। डुबानका कारण सर्वसाधारणको आवतजावत प्रभावित भएपछि महानगरपालिकाले शनिबार बिहानैदेखि पानी निकासका लागि ‘एक्सन टिम’ परिचालन […]

पुरा पढ़नुश

नेपाल–चीन सीमामा नेपाल, सशस्त्र र चिनियाँ सुरक्षा निकायको संयुक्त गस्ती

हुम्ला ,२५ असार ।नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा समन्वय, आपसी सहकार्य तथा सीमाको प्रभावकारी निगरानीलाई थप सुदृढ बनाउने उद्देश्यले हुम्लाको नाम्खा गाउँपालिकास्थित सीमा क्षेत्रमा संयुक्त पैदल गस्ती सम्पन्न गरिएको छ। सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. हिल्साबाट खटिएको टोली, नेपाल प्रहरी तथा चिनियाँ प्रहरीको संयुक्त टोलीले मिति २०८३ जेठ २२ गते हुम्ला जिल्लाको नाम्खा गाउँपालिका–५ स्थित सीमा […]

पुरा पढ़नुश

मधेश प्रदेशमा प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न, सुरक्षा सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धता

वीरगञ्ज,२५ असार  । मधेश प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवालाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने उद्देश्यले प्रहरी कार्यसम्बन्धी समीक्षा गोष्ठी–२०८३ सम्पन्न भएको छ। बिहीबार (असार २५) आयोजित गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभागका प्रमुख हिमालय कुमार श्रेष्ठ को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद […]

पुरा पढ़नुश

बाराको सिमरामा अज्ञात युवक मृत अवस्थामा फेला, पहिचानका लागि प्रहरीको आग्रह

बारा, २५ असार ।  बाराको जितपुरसिमरा उपमहानगरपालिका–१९, इनर्वासिरा क्षेत्रमा एक अज्ञात युवक मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार मिति २०८३ असार २५ गते अपराह्न करिब ४:३० बजे अन्दाजी २४–२५ वर्ष उमेरका नाम, थर र वतन नखुलेका एक पुरुष मृत अवस्थामा फेला परेका हुन्। मृतकको पहिचान खुल्न नसकेपछि इलाका प्रहरी कार्यालय सिमरा, बाराले उनलाई चिन्ने […]

पुरा पढ़नुश

वीरगञ्ज महानगरमा कर्मचारी आन्दोलन स्थगित, सहमतिपछि सेवा सुचारु

वीरगञ्ज,२५ असार । बाँकी रहेको तलब भुक्तानीको माग गर्दै वीरगञ्ज महानगरपालिकाका कर्मचारीहरूले बिहीबार बिहानदेखि थालेको आन्दोलन कार्यवाहक नगर प्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारी प्रतिनिधिबीच भएको वार्तापछि स्थगित भएको छ। सहमतिसँगै कर्मचारीहरू काममा फर्किएका छन् भने महानगरका सम्पूर्ण सेवा तथा प्रशासनिक कामकाज पुनः नियमित रूपमा सञ्चालनमा आएका छन्। स्थानीय निकाय कर्मचारी संघ (एमाले) […]

पुरा पढ़नुश

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १० जना कथित बिचौलिया पक्राउ, अनुसन्धान जारी

धरान ,२५ असार । उपचारका लागि आउने बिरामीलाई निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारेर अवैध कमिसनको चलखेल गरिरहेको सूचनाका आधारमा प्रहरीले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरबाट १० जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार मिति २०८३ असार २३ गते प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडि बिचौलियाको गतिविधि भइरहेको भन्ने […]

पुरा पढ़नुश

पर्सामा ब्राउन सुगर, गाँजा र प्रतिबन्धित ट्याब्लेटसहित ३ जना पक्राउ

वीरगञ्ज, असार २५।पर्सा प्रहरीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत छुट्टाछुट्टै कारबाहीमा ब्राउन सुगर, गाँजा तथा प्रतिबन्धित ट्याब्लेटसहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा बुधबार बिहान करिब २:४० बजे अस्थायी प्रहरी पोस्ट रानीघाटबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित भाडाको कोठामा छापा मार्दा दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पोखरिया नगरपालिका–१ घर भई […]

पुरा पढ़नुश

वीरगञ्जलाई सफा र व्यवस्थित बनाउन ‘एक्सन टिम’ सक्रिय, नेतृत्व सरफुद्दिन मियाँलाई

वीरगञ्ज ,२५ असार । वीरगञ्ज महानगरपालिकाले सहरलाई सफा, सुन्दर, हराभरा तथा व्यवस्थित बनाउने उद्देश्यका साथ गठन गरेको ‘एक्सन टिम’को नेतृत्व सरसफाइ प्रमुख सरफुद्दिन मियाँलाई जिम्मा दिएको छ। सोमबारदेखि जिम्मेवारी सम्हालेका मियाँको नेतृत्वमा सहरका विभिन्न क्षेत्रमा विशेष सरसफाइ अभियान सञ्चालन गर्नुका साथै सडकपेटी (फुटपाथ) अतिक्रमण हटाउने अभियानलाई तीव्र बनाइने महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले जानकारी दिनुभयो। […]

पुरा पढ़नुश

पर्सा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान प्रभावकारी : एकै दिन ३६ जना पक्राउ

वीरगञ्ज, असार २५। जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै एकै दिन ३६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार मिति २०८३ असार २४ गते विभिन्न मुद्दामा अदालतबाट सजाय तथा फैसला कार्यान्वयनका लागि फरार रहेका ३६ जनालाई पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो। पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया […]

पुरा पढ़नुश

संयुक्त राष्ट्रसंघीय प्रहरी समिटमा सशस्त्र प्रहरी र नेपाल प्रहरी महानिरीक्षकको सहभागिता

काठमाडौं ,२५ असार । संयुक्त राष्ट्रसंघ (यूएन) को आयोजनामा सम्पन्न भइरहेको पाँचौं संयुक्त राष्ट्रसंघीय चिफ अफ पुलिस समिट (UNCOPS 2026) को मुख्य कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल सहभागी हुनुभएको छ। उक्त कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, नेपाली सैनिक सहचारी महासेनानी रोहित गुरुङ, प्रहरी वरिष्ठ उपरीक्षक दिप शमशेर ज.ब.रा. तथा सशस्त्र प्रहरी […]

पुरा पढ़नुश