सेवाग्राहीमाथि दुर्व्यवहारको भिडियो प्रकरण: यातायात कार्यालय बाराका प्रमुखमाथि अनुसन्धान, अहिलेसम्म जाहेरी परेन

बारा ,२३ असार । सामाजिक सञ्जाल तथा प्रहार डेली अनलाइनमा यातायात व्यवस्था कार्यालय बारा, कलैयाका कार्यालय प्रमुख चिन्तन आचार्यको कार्यकक्षभित्र एक सेवाग्राहीमाथि दुर्व्यवहार भएको भन्दै भिडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराले घटनाबारे अनुसन्धान अघि बढाएको छ। बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मीनबहादुर घलेका अनुसार कार्यालय प्रमुख चिन्तन आचार्यलाई मिति […]

पुरा पढ़नुश

बारामा रूखको हाँगा काट्ने क्रममा च्यापिएर एक जनाको मृत्यु

बारा, असार २३ । बाराको सुवर्ण गाउँपालिका–२ सनफुलवामा पकडको रूखको हाँगा काट्ने क्रममा च्यापिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीका अनुसार मंगलवार बिहान करिब ८:३० बजे सुवर्ण गाउँपालिका–३ सन्तगज निवासी शिवधारी पण्डितको जग्गामा रहेको पकडको रूख स्थानीय बाबुलाल यादवले खरिद गरेका थिए। उक्त रूख काट्ने क्रममा सुवर्ण गाउँपालिका–१ रामटोल निवासी करिब ५५ वर्षीय जोखन […]

पुरा पढ़नुश

पर्सामा विद्यार्थीलाई लागूऔषध दुर्व्यसनविरुद्ध सचेतना

वीरगञ्ज, असार २३ । जिल्ला पर्साको बिन्दबासिनी गाउँपालिका–२ बहुअर्वाभाठ्ठास्थित श्री राधाकृष्ण चौरासिया माध्यमिक विद्यालयमा लागूऔषध दुर्व्यसन नियन्त्रणसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सामुदायिक–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सोमबार बिहान आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब निरीक्षक संजिव तामाङले विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, विद्यालय […]

पुरा पढ़नुश

पर्सामा प्रतिबन्धित लागूऔषधसहित ३ जना पक्राउ, ५ लाख बराबरको अवैध औषधिजन्य सामग्री बरामद

वीरगञ्ज, असार २३ । पर्सामा सशस्त्र प्रहरी बलले चलाएको सीमा निगरानी अभियानअन्तर्गत प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। साथै भारतबाट भन्सार छली नेपाल भित्र्याइँदै गरिएको करिब ५ लाख रुपैयाँ बराबरको अवैध औषधिजन्य सामग्री पनि बरामद गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सा र सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको संयुक्त टोलीले […]

पुरा पढ़नुश

सर्लाहीमा झण्डै ९७ लाख रुपैयाँ बराबरका अवैध कपडा बरामद

सर्लाही, असार २२। सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलस्थित शिवम वस्त्रालय (होडिङ बोर्ड नभएको) बाट करिब रु. ९७ लाख १९ हजार ६३० बराबरका अवैध कपडा बरामद गरिएको छ। विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय मलङ्गवा, नेपाल प्रहरी, भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले आइतबार छापा मार्दा अवैध रूपमा लुकाई राखिएका […]

पुरा पढ़नुश

हराएको मोटरसाइकल चार घण्टामै बाराबाट फेला, धनीलाई जिम्मा

बारा, असार २२। मकवानपुर जिल्लाबाट हराएको मोटरसाइकल बारा प्रहरीले चार घण्टामै फेला पारी सम्बन्धित धनीलाई जिम्मा दिएको छ। बारा प्रहरीका अनुसार २०८३ असार २१ गते दिउँसो करिब ३:०० बजे मकवानपुरको कैलाश गाउँपालिका–१ क्षेत्रबाट बा.प्र.०२–०६५ प ७०५८ नम्बरको मोटरसाइकल हराएको भन्दै जिल्ला प्रहरी कार्यालय बारामा जानकारी प्राप्त भएको थियो। त्यसलगत्तै इलाका प्रहरी कार्यालय सिमरासहित मातहतका प्रहरी […]

पुरा पढ़नुश

देवरको खुकुरी प्रहारबाट भाउजुको हत्या, ठूलोबुबा घाइते

मोरङ, असार २२ ।मोरङको ग्रामथान गाउँपालिका–६ झोवाबनीमा देवरले खुकुरी प्रहार गर्दा आफ्नै भाउजुको मृत्यु भएको छ। प्रहरीका अनुसार स्थानीय कपिल खवासकी श्रीमती अन्दाजी २० वर्षीया सिमा राजवंशीमाथि उनकै देवर अन्दाजी २१ वर्षीय सौचन खवासले खुकुरी प्रहार गरेका थिए। घाँटीमा गम्भीर चोट लागेकी सिमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा ४७ वर्षीय शिवलाल खवास (ठूलोबुबा) […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको तस्करी नियन्त्रण अभियान तीव्र : एकै दिन रु. १२ लाखभन्दा बढीका सवारी साधन र सामान बरामद, भन्सार बुझाइयो

वीरगञ्ज, असार २२। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साले पर्सा जिल्लामा सीमा क्षेत्र हुँदै हुने अवैध तस्करी नियन्त्रण अभियानलाई थप प्रभावकारी बनाउँदै एकै दिन रु. १२ लाखभन्दा बढी मूल्यका विभिन्न सवारी साधन तथा तस्करीका सामान बरामद गरेको छ। सशस्त्र प्रहरी पर्साका प्रमुख एसपी मोहन बहादुर क्षेत्रीको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत […]

पुरा पढ़नुश

बाराको निजगढमा दाउ प्रहार, एक जना घाइते, आरोपी पक्राउ

बारा, असार २२ । बाराको निजगढ नगरपालिका–१ गोरुबजारमा सामान्य विवादले उग्र रूप लिँदा दाउ प्रहारबाट एक जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार  बिहान करिब ११ः५० बजे स्थानीय ५० वर्षीय धनबहादुर घिमिरे र ४० वर्षीय मानबहादुर योन्जनबीच भएको विवादका क्रममा धनबहादुरले मासु काट्ने दाउ प्रहार गरेका थिए। दाउ प्रहारबाट मानबहादुर योन्जनको टाउको र घाँटीमा गम्भीर […]

पुरा पढ़नुश

साइबर ठगीबाट जोगिन पर्सा प्रहरीको आग्रह

वीरगञ्ज, २२ असार ।जिल्ला प्रहरी कार्यालय पर्साले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन बैंकिङ तथा डिजिटल भुक्तानी प्रणालीमार्फत हुने साइबर ठगीका घटनामा वृद्धि भएको जनाउँदै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार ठगी गर्ने गिरोहहरूले WhatsApp, Facebook, TikTok लगायत सामाजिक सञ्जालमार्फत “गिफ्ट, पुरस्कार वा लोटरी जितेको” भन्दै प्रलोभनमा पार्ने गरेका छन्। त्यसपछि भन्सार शुल्क […]

पुरा पढ़नुश