दशगजा अतिक्रमण हटाइयो : वीरगञ्ज–इनर्वा क्षेत्रमा फुसका घरटहरा भत्काइयो

वीरगञ्ज, चैत १२ ।पर्साको वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रस्थित नेपाल–भारत सीमा क्षेत्रमा दशगजा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको छ। स्थानीय प्रशासनको अनुसार मिति २०८२ चैत १२ गते दिउँसो २:२० बजेबाट सुरु गरिएको अतिक्रमण हटाउने अभियान सोही दिन ३:०० बजे सम्पन्न भएको जनाईएको छ। नेपालतर्फ वीरगञ्ज महानगरपालिका–१६ इनर्वा र भारततर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी ग्राम पञ्चायत–१ अहिर्वा […]

पुरा पढ़नुश

स्रोत नखुलेको ९ लाख रुपैयाँसहित एक जना पक्राउ

वीरगञ्ज, चैत १२ । पर्साको वीरगञ्जस्थित भन्सार मुख्य प्रवेशद्वार क्षेत्रमा स्रोत नखुलेको नगदसहित एक जना व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरीका अनुसार मिति २०८२ चैत १२ गते दिउँसो करिब ३:३० बजे वीरगञ्ज महानगरपालिका–१६ भन्सार मेनगेटमा सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म हेडक्वार्टर पर्साबाट सप्रसनि मोहम्मद मुस्ताक अलीको कमाण्डमा खटिएको ७ जनाको चेकपोष्ट […]

पुरा पढ़नुश

ठमेलमा अनैतिक क्रियाकलापमा संलग्न २० विदेशी महिला पक्राउ

काठमाडौं, चैत ११ । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहारमा संलग्न २० जना विदेशी महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठमेल क्षेत्रमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै केही व्यक्तिहरूले सार्वजनिक स्थानमै अवैध रूपमा पैसाको बार्गेनिङ गर्दै यौन व्यवसाय सञ्चालन गरेको तथा सर्वसाधारणलाई दुःख हैरानी दिएको […]

पुरा पढ़नुश

भारतीय ट्रकको ठक्करबाट बिरगञ्जमा एकको मृत्यु, एक घाइते

बिरगञ्ज, चैत ११।  पर्साको बिरगञ्ज महानगरपालिका–१७ अलौ आईसिपी सडक खण्डमा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मंगलबार दिउँसो करिब २ बजे भएको उक्त दुर्घटनामा मृत्यु हुनेमा सोही स्थानका अन्दाजी ४५ वर्षीय इम्तियाज अन्सारी (कबिर) रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका अन्सारीका भिनाजु भारत, बिहार […]

पुरा पढ़नुश

सुरक्षाकर्मीप्रति नागरिकको भरोसा बढाउन महानिरीक्षक अर्यालको जोड

काठमाडौं ,१० चैत । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। काठमाडौंस्थित पशुपतिनाथ बाहिनी मुख्यालयको २२औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सुरक्षाकर्मी देख्दा नागरिकमा डर होइन, भरोसा जाग्नुपर्ने धारणा व्यक्त गरे। उक्त सोचलाई व्यवहारमा उतार्न उनले सम्पूर्ण सशस्त्र प्रहरीलाई सेवामुखी, जिम्मेवार तथा परिणाममुखी […]

पुरा पढ़नुश

१७१ किलोभन्दा बढी गाँजासहित मकवानपुरमा एक युवक पक्राउ

मकवानपुर, चैत १० ।मकवानपुर प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुरको राक्सीराङ गाउँपालिका–४ निवासी २० वर्षीय अक्कल प्रसाद स्याङतान रहेका छन्। इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले आज बिहान करिब ६:१० बजे मनहरी गाउँपालिका–९ क्षेत्रमा शंका लागी जाँच गर्दा बा.१३ च. २१४ नम्बरको हात्ती गाडीबाट १७१ किलो […]

पुरा पढ़नुश

निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रहरी महानिरीक्षक कार्की सम्मानित।

काठमाडौं,१० चैत । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै गृहमन्त्रीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रशंसा–पत्र प्रदान गरेका छन्। गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्रीले निर्वाचन अवधिभर सुरक्षा व्यवस्था प्रभावकारी बनाउँदै समग्र निर्वाचन प्रक्रियालाई व्यवस्थित र निष्पक्ष बनाउन प्रहरी संगठनले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका थिए। उनले देशभर […]

पुरा पढ़नुश

काठमाडौंमा चोरीका गरगहना, नगद र हतियारसहित दुई पक्राउ

काठमाडौं, १० चैत । काठमाडौं महानगरपालिका–५ कालोपुलस्थित लामा गल्लीमा डेरा गरी बस्दै आएका व्यक्तिको कोठाबाट सुन, चाँदीका गरगहना तथा नगद चोरी गर्ने घटनामा संलग्न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार मिति २०८२ चैत ६ गते उक्त डेरा कोठामा रहेको काठको दराजबाट अन्दाजी २६ तोला ८ आना सुनका गरगहना, करिब ३३ […]

पुरा पढ़नुश

परीक्षा रद्द भएपछि हरि खेतान क्याम्पसमा विद्यार्थी आन्दोलित, बसमा तोडफोड

वीरगञ्ज,८ चैत । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा कक्षा १२ को त्रैमासिक परीक्षा अन्तिम समयमा आएर रद्द गरिएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। परीक्षा दिन क्याम्पस पुगेका विद्यार्थीहरूले आकस्मिक रूपमा परीक्षा स्थगित गरिएको सूचनापछि क्याम्पस परिसरमै विरोध प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा आक्रोशित विद्यार्थीहरूले क्याम्पसको बसमा तोडफोड गर्दा ठूलो क्षति पुगेको जनाइएको छ। विद्यार्थीहरूले परीक्षा निर्धारित […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बल नं.९ पशुपतिनाथ बाहिनीद्वारा स्थापना दिवसमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौं, चैत ,७। सशस्त्र प्रहरी बल नेपाल नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले आफ्नो “२२औँ स्थापना दिवस” को अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गरेको छ। बाहिनी मुख्यालय परिसरमा आयोजित उक्त कार्यक्रम नेपाल एपीएफ अस्पतालको सहकार्यमा सम्पन्न भएको हो। स्थापना दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आयोजित रक्तदान कार्यक्रममा सशस्त्र प्रहरीका अधिकारी तथा जवानहरूको उल्लेख्य सहभागिता रहेको […]

पुरा पढ़नुश