जितपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

बारा,३१ भदौ । बाराको जितपुर सिमरामा एलपी ग्यास बोकेको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। मिति २०८३ भदौ ३० गते राति करिब ८ः३० बजे जितपुर सिमरा उपमहानगरपालिका–२३ स्थित सागर आयल पेट्रोल पम्प नजिकै वीरगञ्ज–पथलैया सडकखण्डमा दुर्घटना भएको हो। प्रहरीका अनुसार पूर्वतर्फको सर्भिस लेनबाट एक्सप्रेस–वेमा प्रवेश गर्दै गरेको ना.३ ख ५६१० नम्बरको एलपी […]

पुरा पढ़नुश

मोटरसाइकलको ट्याङ्कीमा फल्स बटम बनाएर चरेसजस्तो पदार्थ तस्करी, भारतीय नागरिक पक्राउ

वीरगञ्ज, भदौ ३०। पर्सामा मोटरसाइकलको ट्याङ्कीभित्र फल्स बटम बनाई लुकाएर ल्याइएको करिब ९ किलो ५ सय ग्राम चरेसजस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म अलौबाट खटिएको गाडी मोबाइल टोलीले वीरगञ्ज महानगरपालिका–१७, अलौस्थित सीमा क्षेत्रमा शंकास्पद रूपमा आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकललाई रोकेर जाँच गर्ने […]

पुरा पढ़नुश

चाडपर्वसँगै सीमा क्षेत्रमा सुरक्षा कडा बनाउन डीआईजी भट्टको निर्देशन

पर्सा ,३० भदौ । सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले पर्सा जिल्लास्थित सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसहरूको निरीक्षण भ्रमण गर्दै सीमा क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। डीआईजी भट्टले भदौ ३० गते पर्साका विभिन्न सीमा सुरक्षा इकाइहरूको निरीक्षण भ्रमण गर्नुभएको […]

पुरा पढ़नुश

मकवानपुरमा यात्रुवाहक ईभी दुर्घटना, ४ जनाको मृत्यु; ४ जना घाइते

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार मंगलवार दिउँसो करिब २ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी गाडी हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा दुर्घटनामा परेको हो। गाडी सडकबाट करिब १ हजार मिटर तल […]

पुरा पढ़नुश

सीमा अपराध र चोरी–तस्करी नियन्त्रणमा ‘शून्य सहनशीलता’ अपनाउन बाहिनीपति भट्टको कडा निर्देशन

बारा, भदौ ३०। खुला सीमाको फाइदा उठाउँदै हुने चोरी–पैठारी, तस्करी, लागुऔषध तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणमा थप कडाइ गर्न सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) विष्णुप्रसाद भट्टले मातहतका कमाण्डर तथा सशस्त्र प्रहरी कर्मचारीलाई कडा निर्देशन दिनुभएको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराको […]

पुरा पढ़नुश

किर्ते कागजात प्रकरणमा वीरगन्जका मेयर राजेशमान सिंहलाई विशेष अदालतबाट सफाइ,”न्याय मरेको छैन, सत्य हारेको छैन”: पूर्व खानेपानीमन्त्री प्रदीप यादव

वीरगन्ज, भदौ २९। किर्ते कागजातका आधारमा जन्मदर्ता, नागरिकता तथा राहदानी बनाएको आरोपमा मुद्दा खेपिरहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले विशेष अदालतबाट सफाइ पाएका छन्। विशेष अदालतको इजलास नम्बर–१ का न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले सोमबार उक्त मुद्दामा सुनुवाइ गर्दै मेयर सिंहसहितका प्रतिवादीहरूलाई सफाइ दिने फैसला गरेको हो। अदालतको फैसलासँगै मेयर […]

पुरा पढ़नुश

डीआईजी अधिकारीद्वारा पर्सा प्रहरीको अनुगमन तथा निरीक्षण, सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

वीरगञ्ज, भदौ २९। मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय पर्साको समग्र प्रहरी सेवा प्रवाहको अवस्थाबारे अनुगमन तथा निरीक्षण गर्नुभएको छ। भदौ २९ गते जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्नुभएका डीआईजी अधिकारीले कार्यालयको समग्र कार्यसम्पादन, प्रहरी सेवा प्रवाह तथा परिचालनको अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक पृष्ठपोषण प्रदान गर्नुभएको हो। निरीक्षणका […]

पुरा पढ़नुश

वीरगञ्ज–१६ इनर्वागाउँबाट ११ लाखभन्दा बढीका भन्सार छलीका लत्ताकपडा बरामद

वीरगञ्ज, भदौ २९। वीरगञ्ज महानगरपालिका–१६ स्थित इनर्वागाउँबाट प्रहरीले भन्सार छली ओसारपसार गरिरहेको अवस्थामा रु. ११ लाखभन्दा बढी मूल्यका विभिन्न किसिमका लत्ताकपडा बरामद गरेको छ। सूचना परिचालन तथा प्रहरी कारबाहीका क्रममा मिति २०८३ भदौ २७ गते साँझ करिब ६:३० बजे इनर्वागाउँ क्षेत्रबाट भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा प्रहरीले विभिन्न प्रकारका लत्ताकपडा नियन्त्रणमा लिएको हो। प्रहरीका […]

पुरा पढ़नुश

बकुलियाबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित फेला: बारा प्रहरी

बारा, भदौ २८। बाराको जितपुरसिमरा उपमहानगरपालिका–५, बकुलिया टोलबाट हराएका तीन बालबालिका भारतमा सुरक्षित अवस्थामा फेला परेका छन्। भारत घर भई हाल बकुलिया टोलमा बस्दै आएका मुकेश पासवानका ५ वर्षीय छोरा धिरज पासवान, ७ वर्षीया छोरी सुन्दरी पासवान र १० वर्षीया छोरी काजल पासवान आइतबार बिहान करिब ५ बजेबाट सम्पर्कविहीन भएका थिए। बालबालिका हराएपछि परिवार तथा […]

पुरा पढ़नुश

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सुरक्षा निकायको संयुक्त गस्ती

वीरगञ्ज, भदौ २८। पर्साको सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा अवैध कारोबार नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती तथा अन्तरक्रिया गरेका छन्। मिति २०८३ भदौ २८ गते इलाका प्रहरी कार्यालय पोखरियाका कार्यालय प्रमुख, भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रहरी निरीक्षक तथा सशस्त्र प्रहरी बल, नेपालका अधिकारीसहितको संयुक्त टोलीले सीमा क्षेत्रमा संयुक्त […]

पुरा पढ़नुश