बारामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा, २५ साउन । बाराको फेटा गाउँपालिका–७ कुकुरभुक्कामा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा फेटा गाउँपालिका–७ निवासी लक्ष्मी साह तेलीका छोरा १८ वर्षीय गणेश साह तेली रहेका छन्। बारा प्रहरीले जनाएको अनुसार सोमबार करिब १२ बजे स्थानीय रुप नारायण साह कानुको घरमा शिवगुरुको पूजा आयोजना हुने भएकाले भजन बजाउनका लागि स्थानीय […]

पुरा पढ़नुश

प्रहरी वरिष्ठ नायव निरीक्षक चक्रबहादुर पुजारा ‘पुलिस अफ द मन्थ’ घोषित

वीरगञ्ज,२५ साउन  । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत वडा प्रहरी कार्यालय विर्तामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक चक्रबहादुर पुजारा २०८३ साल असार महिनाको ‘POLICE OF THE MONTH’ घोषित हुनुभएको छ। प्रहरी संगठनको गरिमा, अनुशासन, व्यावसायिकता तथा कर्तव्यनिष्ठालाई उच्च प्राथमिकतामा राख्दै उत्कृष्ट कार्यसम्पादन गरेको मूल्यांकनका आधारमा पुजारालाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय […]

पुरा पढ़नुश

मकवानपुरमा घरभित्र लुकाइराखेको पेस्तोल बरामद, १९ वर्षीय युवक पक्राउ

मकवानपुर ,२५ साउन । मकवानपुरको बागमती गाउँपालिका–९, बेतिनी अगौटेस्थित एक घरबाट प्रहरीले पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा सोमबार प्रहरीले उक्त क्षेत्रमा चेकजाँच गर्दा बेतिनी अगौटे बस्ने १९ वर्षीय टेकबहादुर सिङतानको घरबाट एक थान पेस्तोल र त्यसको म्यागजिन बरामद गरेको हो। प्रहरीका अनुसार सिङतानको दुईतले घरको माथिल्लो तलामा रहेको चोटामा राखिएको जेब्रा […]

पुरा पढ़नुश

सिराहामा बोलबम श्रद्धालु सवार ट्र्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते, एकको अवस्था गम्भीर

सिराहा ,२५ साउन । सिराहाको कर्जन्हा नगरपालिकामा बोलबम श्रद्धालु सवार ट्र्याक्टरको ट्रेलर पल्टिँदा १५ जना घाइते भएका छन्। दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। कर्जन्हा नगरपालिका–२, बन्दीपुरस्थित फुलकुमारी महतो स्कुलको गेटअगाडि सोमबार बोलबम श्रद्धालु सवार ज.१ त ४८०८ नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो। उतरवाहिनीबाट बन्दीपुरस्थित महेन्द्र राजमार्गतर्फ जाँदै गरेको ट्र्याक्टरको ट्रेलरमा […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको कारबाही : रु.९ लाख २६ हजारभन्दा बढीका अवैध सामानसहित घोडागाडा बरामद

वीरगञ्ज, २४ साउन । सशस्त्र प्रहरी बल, नेपालले पर्साका विभिन्न सीमा क्षेत्रमा भन्सार छली गरी ओसारपसार गरिएका रु.९ लाख २६ हजार १ सय ८० बराबरका अवैध सामान तथा घोडासहितको टाङ्गा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगञ्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको कमान्डमा खटिएको टोली तथा बीओपी प्रसौनीभाठाबाट परिचालित […]

पुरा पढ़नुश

जितपुर प्रहरीको कडा एक्सन : गाँजासहित ४२ वर्षीय व्यक्ति पक्राउ

बारा, २४ साउन। बारा प्रहरीले लागूऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै जितपुरबाट १ किलो ७४४ ग्राम गाँजाजस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला बारा, जितपुरसिमरा उपमहानगरपालिका–७ शान्ति टोलस्थित एक घरमा लागूऔषध लुकाइराखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीका अनुसार प्रहरी वरिष्ठ नायब निरीक्षक उमेश निरौलाको कमाण्डमा […]

पुरा पढ़नुश

अवैध बालुवा उत्खननमा संलग्न ट्र्याक्टरसहित चालक नियन्त्रणमा

वीरगञ्ज ,२४ साउन । पर्सामा अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले बालुवा लोड गरिएको ट्र्याक्टरसहित एक जना चालकलाई नियन्त्रणमा लिएको छ। पर्सा प्रहरीले अवैध बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले प्र.२–०३–००१ त ६१३७ नम्बरको ट्र्याक्टर नियन्त्रणमा लिएको जनाएको छ। ट्र्याक्टरमा अवैध रूपमा उत्खनन गरिएको बालुवा लोड रहेको प्रहरीले जनाएको […]

पुरा पढ़नुश

पर्सामा ३९ किलोभन्दा बढी गाँजा जस्तो देखिने पदार्थ बरामद, ३ मोटरसाइकलसहित एक जना नियन्त्रणमा

वीरगञ्ज,२४ साउन  । पर्सामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले ३९ किलोभन्दा बढी गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई नियन्त्रणमा लिएको छ। घटनामा प्रयोग भएका तीन वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका अनुसार मिति २०८३ साल साउन २३ गते राति ११ः५५ बजे विन्दवासिनी गाउँपालिका–४, मधवल […]

पुरा पढ़नुश

ग्यासको कालोबजारी, ७ हजार रुपैयाँमा सिलिण्डर बिक्री गर्ने पसल सञ्चालक पक्राउ

भक्तपुर ,२३ साउन ।खाना पकाउने एलपी ग्यासको कालोबजारी गरी चर्को मूल्यमा बिक्री वितरण गरेको आरोपमा भक्तपुर प्रहरीले एक जना पसल सञ्चालकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०८३ साल साउन २३ गते चाँगुनारायण नगरपालिका–२, दुवाकोटस्थित बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनाले सञ्चालन गरेको त्वयना किराना पसलबाट उपभोक्तालाई खाना पकाउने एलपी […]

पुरा पढ़नुश

पर्सामा अवैध घरेलु मदिराविरुद्ध प्रहरीको कडा अभियान, ३ हजार ५ सय लिटर मदिरासहित चार जना पक्राउ

वीरगञ्ज, २३ साउन । पर्सा प्रहरीले अवैध रूपमा उत्पादन, ओसारपसार तथा भण्डारण हुँदै आएको घरेलु मदिराविरुद्धको अभियानलाई तीव्र बनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सूचनाका आधारमा सञ्चालन गरेको छुट्टाछुट्टै कारबाहीमा ३ हजार ५ सय लिटर तयारी घरेलु मदिरा बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक […]

पुरा पढ़नुश