पर्साको विकासका लागि जनमत पार्टीको १८ बुँदे माग, प्रधानमन्त्री कार्यालयलाई बुझाइयो ज्ञापनपत्र

वीरगञ्ज, जेठ ८ । जनमत पार्टी पर्साले जिल्लाको समग्र विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्योग तथा स्थानीय जनसरोकारका विषय समेट्दै १८ बुँदे मागसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाइएको उक्त ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लाई जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ ले हस्तान्तरण गरेका […]

पुरा पढ़नुश

भारतबाट भन्सार छलि ल्याइएको मोटरसाइकलका पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा, ३ लाख १० हजार बराबरको सामान बरामद

वीरगञ्ज, जेठ ८ । पर्सा प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छलि नेपाल भित्र्याइएको मोटरसाइकलमा प्रयोग हुने पिस्टनसहित अटो रिक्सा नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा भन्सार प्रक्रिया पूरा नगरी ल्याइएको मोटरसाइकलमा प्रयोग हुने १०० थान पिस्टन बरामद गरेको हो। उक्त सामान ओसारपसारमा प्रयोग गरिएको अटो […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा सीमावर्ती क्षेत्रमा नि:शुल्क आँखा शिविर, २११ जनाले पाए सेवा — ३४ जनामा मोतियाबिन्दु पहिचान

रसीद आलम ,पर्सा, ८ जेठ । सीमावर्ती क्षेत्रका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले पर्साको वीरगञ्ज महानगरपालिका–१ छपकैया छटघाटमा वृहत् नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ। सशस्त्र प्रहरी बल, नेपालको “सीमा बासीसँग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत आयोजित उक्त शिविर श्री वविता पराजुली आधारभूत विद्यालयको प्राङ्गणमा सम्पन्न भएको हो। तिलगंगा आँखा […]

पुरा पढ़नुश

रसुवामा ३६ लाखभन्दा बढी मूल्यको १२२५ थान भेपसहित ८ जना पक्राउ

रसुवा, ७ जेठ । रसुवामा प्रहरीले ठूलो परिमाणमा अवैध भेप (विद्युतिय चुरोट) बरामद गर्दै ८ जनालाई पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा मिति २०८३ जेठ ७ गते बिहान करिब १ः३० बजे इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट खटिएको प्रहरी टोलीले गोसाईकुण्ड गाउँपालिका–१ दालफेदीस्थित मम्माया तामाङको घरमा छापा मारेर १२२५ थान भेप बरामद गरेको हो। प्रहरीले घरभित्र […]

पुरा पढ़नुश

फरार प्रतिवादी पक्राउ अभियान तीव्र : पर्सा प्रहरीद्वारा दुई फरार प्रतिवादी पक्राउ

वीरगञ्ज, ७ जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएर फरार रहेका दुई जनालाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत फरार अभियुक्तहरूको खोजी कार्यलाई प्रभावकारी रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ। पर्सा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी […]

पुरा पढ़नुश

लागू औषध सेवनकर्ता खोजी तथा सुधार अभियान : पर्सामा ५ जना नियन्त्रणमा, आफन्तको जिम्मा लगाइयो

पर्सा, ७ जेठ । पर्सा प्रहरीले सञ्चालन गर्दै आएको “लागू औषध सेवनकर्ता खोजी एवं सुधार महाअभियान” अन्तर्गत ५ जनालाई नियन्त्रणमा लिई आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठक को नेतृत्वमा सञ्चालन भइरहेको अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको […]

पुरा पढ़नुश

पटेर्वासुगौलीमा महिला तथा लैंगिक हिंसा विरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न

वीरगञ्ज, ६ जेठ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले महिला तथा लैंगिक हिंसा विरुद्ध जनचेतना फैलाउने उद्देश्यले जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ। मिति २०८३ जेठ ६ गते पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा गाउँमा आयोजित उक्त कार्यक्रममा स्थानीय महिला, युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा महिला […]

पुरा पढ़नुश

वीरगञ्जबाट अपाचे मोटरसाइकल चोरी गर्दै गरेका युवक पक्राउ

वीरगञ्ज, ६ जेठ । पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित दिलबन्धु पेट्रोलपम्प परिसरबाट पार्किङ गरी राखिएको मोटरसाइकल चोरी गरेर भाग्दै गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा बारा जिल्लाको कलैया उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेम कुमार पटेल रहेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मिति २०८३ जेठ ५ गते साँझ करिब ५:३० बजे वीरगञ्ज–१२ मुर्ली […]

पुरा पढ़नुश

फरार प्रतिवादी २ वर्षपछि पक्राउ

वीरगञ्ज, ६ जेठ । विगो भरिभराउ मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा फैसला कार्यान्वयन अभियान अन्तर्गत वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार  वीरगञ्ज महानगरपालिका–२० क्षेत्रमा लुकिछिपी बस्दै आएका फरार प्रतिवादी अनुप महतोलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–२० […]

पुरा पढ़नुश

ट्राफिक प्रहरी पप्पु यादवको डियुटी क्रममा चरम लापरबाही ,पर्साको बसपार्कको ट्राफिक ब्यवस्था लचर।

(ट्राफिक प्रहरीको लापरबाहीले वीरगञ्ज बसपार्क अस्तव्यस्त : पैदलयात्रीलाई हिँड्नै सकस, स्थानीय आक्रोशित) वीरगञ्ज, जेठ ५।पर्साको मुख्य व्यापारिक तथा आवागमन केन्द्र मानिने वीरगञ्ज बसपार्क क्षेत्रमा ट्राफिक व्यवस्थापन अत्यन्तै कमजोर बन्दै गएको भन्दै स्थानीयवासी, व्यवसायी तथा यात्रुहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। बसपार्क क्षेत्रमा खटिएका ट्राफिक प्रहरी कर्मचारीको ड्युटी क्रममा चरम लापरबाही देखिएको आरोप लागेसँगै सडक व्यवस्थापन […]

पुरा पढ़नुश