रत्ननगरमा लागुऔषध विरुद्ध सचेतना स्थानीय स्तरबाटै जागरण “लागुपदार्थ सेवन गर्दिनँ र गर्न पनि दिन्नँ” भन्दै समुदायको सामूहिक प्रतिबद्धता

चितवन ,३ जेठ । इलाका प्रहरी कार्यालय रत्ननगर र रहमानिया जामे मस्जिद समिति को संयुक्त आयोजनामा चितवनको रत्ननगरमा लागुऔषध विरुद्ध बृहत् सचेतना तथा जागरण कार्यक्रम सम्पन्न भएको छ। ‘सामुदायिक प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत शुक्रबार मस्जिद परिसरमै आयोजित कार्यक्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। मिति २०८३ जेठ १ गते टाँडीस्थित रहमानिया जामे मस्जिदको प्राङ्गणमा आयोजित […]

पुरा पढ़नुश

तस्करी नियन्त्रणमा बाराका सशस्त्र प्रहरी सक्रिय : ३ लाख बराबरका अवैध सामानसहित मोटरसाइकल बरामद

बारा ,३ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा. बाराले सीमावर्ती क्षेत्रमा तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ। गणका प्रमुख एसपी बिशाल सिलवालको निर्देशनमा सञ्चालन भइरहेको विशेष निगरानी अभियान अन्तर्गत सीमा सुरक्षा गुल्म मटिअर्वा तथा बि.ओ.पी. बेनौलीबाट खटिएको संयुक्त टोलीले नियमित गस्ती तथा […]

पुरा पढ़नुश

सिमावर्ती क्षेत्रमा लागूऔषध विरुद्ध सशक्त अभियान : सशस्त्र प्रहरी बाराद्वारा विद्यालयदेखि समुदायसम्म जनचेतना कार्यक्रम सञ्चालन

बारा,३ जेठ । सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हे.क्वा., बाराले लागूऔषध दुर्व्यसन नियन्त्रण तथा समाजमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्लाका विभिन्न सिमावर्ती क्षेत्र, विद्यालय तथा समुदायमा व्यापक जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। “सिमावासीसँग सशस्त्र प्रहरी” कार्यक्रम अन्तर्गत सञ्चालन गरिएका यी गतिविधिहरूले विशेषगरी विद्यार्थी, युवावर्ग तथा स्थानीय समुदायलाई लक्षित गर्दै लागूऔषधको दुरुपयोगबाट हुने सामाजिक, […]

पुरा पढ़नुश

सीमा क्षेत्रमा नेपाल–भारत सुरक्षाकर्मीको संयुक्त सरसफाइ अभियान, आपसी सहकार्य थप मजबुत बनाउने प्रयास

बारा, ३ जेठ । सशस्त्र प्रहरी बल नेपाल तथा भारतीय सशस्त्र सीमा बल (एस.एस.बी.) बीचको आपसी समन्वय, सहकार्य र मित्रवत सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले बारा जिल्लाको सीमावर्ती क्षेत्रमा संयुक्त सरसफाइ कार्यक्रम सञ्चालन गरिएको छ। जेठ २ गते सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म मटिअर्वा, बाराको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नेपाली सशस्त्र प्रहरी कर्मचारी […]

पुरा पढ़नुश

बिरगंजमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न, बसपार्कका प्रहरी नायब निरीक्षक रायमाझीले गरे रक्तदान मानवीय सेवाको प्रेरणादायी उदाहरण 

वीरगंज, २ जेठ। पर्सा बजार बिक्री प्रतिनिधि समूहको आयोजनामा तथा न्यु जयसवाल ट्रेडर्सको विशेष सहकार्यमा शनिबार वीरगंज बसपार्क क्षेत्रमा खुल्ला रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। मानव जीवन बचाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, व्यवसायी, महिला , बुद्धिजीवी ,सुरक्षाकर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा रक्तदाताहरूले उत्साहपूर्वक रक्तदान गर्दै सामाजिक उत्तरदायित्वप्रति […]

पुरा पढ़नुश

भारतमा अवैध रूपमा बस्दै आएका सोमाली नागरिक रक्सौल सीमाबाट पक्राउ

भारत, रक्सौल १ जेठ ।नेपाल सीमा क्षेत्र अन्तर्गत रक्सौलको हरैया थाना क्षेत्रस्थित कस्टम चौक नजिकबाट एक सोमालिया नागरिकलाई अवैध रूपमा भारतमा बसोबास गर्दै आएको आरोपमा पक्राउ गरिएको छ। पक्राउ पर्नेमा सोमालियाका मोहम्मद अहमद फराह रहेका छन्। प्राप्त जानकारीअनुसार फराह मेडिकल भिसामा भारत आएका थिए र हैदराबादमा बस्दै आएका थिए। तर, उनको भिसा करिब चार महिना […]

पुरा पढ़नुश

खतरनाक केमिकलयुक्त भारतीय माछासहित मोटरसाइकल बरामद, तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता बढ्दो

पर्सा ,१ जेठ । सशस्त्र प्रहरी बल नेपाल, पर्सा अन्तर्गत सीमा सुरक्षा गुल्म वीरगञ्ज भन्सार हे.क्वाटरले मानव स्वास्थ्यलाई गम्भीर असर पुर्‍याउन सक्ने खतरनाक केमिकल मिसाइएको भारतीय माछासहित मोटरसाइकल बरामद गरेको छ। बिहीबार वीरगञ्ज महानगरपालिका–१६ नगवा क्षेत्रबाट विशेष सूचनाको आधारमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा उक्त माछा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार […]

पुरा पढ़नुश

पर्साबाट हज यात्रामा जाने हाजीलाई सांसद हरी पन्तद्वारा काठमाडौंमै शुभकामना

पर्सा,३० बैशाख । पर्सा जिल्लाबाट पवित्र हज यात्राका लागि साउदी अरेबिया प्रस्थान गर्नुभएका सम्पूर्ण हाजीहरुलाई पर्सा क्षेत्र नं. १ का सांसद हरी पन्त(बुद्धि प्रसाद पन्त ) ले काठमाडौं पुगेर हार्दिक शुभयात्रा तथा सफल हज यात्राको शुभकामना व्यक्त गर्नुभएको छ। सांसद पन्तले हज यात्रामा सहभागी मुस्लिम समुदायका हाजीहरुसँग भेटघाट गर्दै उनीहरुको यात्रा सफल, सुरक्षित र पुण्यमय […]

पुरा पढ़नुश

३ करोड १२ लाख बढी जरिवाना तोकिएका राजस्व चुहावट मुद्दाका फरार प्रतिवादी पक्राउ

वीरगञ्ज, ३० वैशाख । राजस्व चुहावट मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको फैसला कार्यान्वयन टोलीले मिति २०८३ वैशाख ३० गते दिउँसो करिब २:३० बजे लुकिछिपी बस्दै आएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा साविक बेल्वा गाविस वडा नं. […]

पुरा पढ़नुश

बेलायत सरकार र यूएनओप्सको सहयोगमा पर्सा प्रहरी परिसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन

वीरगञ्ज, ३० बैशाख । जिल्ला प्रहरी कार्यालय पर्सा परिसरमा नवनिर्मित “महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र” भवनको समुद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाल प्रहरी संगठनलाई प्रविधिमैत्री तथा सेवामुखी बनाउने अभियानअन्तर्गत बेलायत सरकार तथा (UNOPS) को सहयोगमा निर्माण गरिएको उक्त भवनको उद्घाटन नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले गर्नुभएको हो। बैशाख ३० […]

पुरा पढ़नुश