प्रधानमन्त्री सुशीला कार्कीको सन्देश : “फागुन महिना, निर्वाचन महिना”

काठमाडौ ,१ फागुन । सुशीला कार्कीले सामाजिक सञ्जालमार्फत निर्वाचन लक्षित सन्देश दिँदै फागुन महिनालाई “निर्वाचन महिना” का रूपमा उल्लेख गर्नुभएको छ। उहाँले पाथीभराबाट शुभारम्भ गर्दै देशभर शान्तिपूर्ण, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न होस् भन्ने कामना व्यक्त गर्नुभएको हो। उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ– “फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुवात। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु।” […]

पुरा पढ़नुश

रुङ्टाको घरदैलो अभियानमा जनसमर्थन उकालो, नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ मा समर्थन लहर तीव्र

पर्सा, १ फागुन ।पर्सा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङ्टाको घरदैलो तथा भेटघाट अभियानले तीव्रता लिएको छ। बुधबार वीरगञ्ज महानगरपालिका–३२ टेडामा आयोजित भेटघाट कार्यक्रममा विभिन्न राजनीतिक दलका स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणले सार्वजनिक रूपमा रुङ्टालाई समर्थन जनाएका छन्। मतदातासँगको प्रत्यक्ष संवादका क्रममा स्थानीय बासिन्दाहरूले क्षेत्रले अब इमानदार, जवाफदेही र जनतासँग […]

पुरा पढ़नुश

पर्सा प्रहरीको लागुऔषध नियन्त्रण अभियान तीव्र : ११० किलो गाँजा बरामद

पर्सा, २९ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै ठूलो परिमाणमा गाँजा बरामद गर्न सफल भएको छ। प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको नेतृत्वमा सञ्चालन भइरहेको विशेष अभियान अन्तर्गत पर्सा प्रहरीले बेवारिसे अवस्थामा ११० किलो गाँजा बरामद गरेको हो। प्रहरीका अनुसार माघ २८ गते राति करिब ११:०० बजेको समयमा ईलाका […]

पुरा पढ़नुश

राप्रपा पर्सा–१ मा नन्दु श्रीवास्तवको घरदैलो तथा पार्टी प्रवेश अभियान तीव्र

पर्सा, २९ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार नन्दु श्रीवास्तवले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो तथा पार्टी प्रवेश कार्यक्रमलाई तीव्रता दिएका छन्। बुधबार राप्रपा पर्सा–१ अन्तर्गत शोलखपुर–३१ मा आयोजित बृहत् पार्टी प्रवेश तथा बुथ कमिटी गठन कार्यक्रममा उम्मेदवार श्रीवास्तव सहभागी भएका थिए। […]

पुरा पढ़नुश

पर्साका एसपी पाठकको फरार प्रतिवादी पक्राउ अभियान तीव्र,बैंकिङ कसूर र लागू औषध मुद्दाका दुई जना पक्राउ

पर्सा, २८ माघ। जिल्ला प्रहरी कार्यालय पर्साले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ। प्रहरी उपरीक्षक (एसपी) सुदिप राज पाठकको निर्देशनमा सञ्चालन भइरहेको विशेष ‘फैसला कार्यान्वयन अभियान’ अन्तर्गत बैंकिङ कसूर तथा लागू औषध मुद्दाका फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार प्रमिला गिरीको जाहेरीले वादी नेपाल सरकार विरुद्ध जिल्ला […]

पुरा पढ़नुश

अख्तियारमा उत्कृष्ट कार्य गर्ने ३५ प्रहरी कर्मचारी सम्मानित, आईजीपी कार्कीबाट बधाई तथा निर्देशन

काठमाडौं,२८ माघ। प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत रही उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई सम्मान तथा बधाई व्यक्त गर्नुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक विशेष कार्यक्रममा उहाँले पुरस्कृत प्रहरी कर्मचारीहरूलाई संगठनका तर्फबाट सम्मान गर्नुभएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ स्थापना दिवसको अवसरमा आयोगमा कार्यरत ३५ जना […]

पुरा पढ़नुश

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमण : चार पक्राउ, मुख्य योजनाकार ‘रुनचे’ फरार। (कारागारदेखि सीमासम्म सुरक्षा चुनौती, निर्वाचनपूर्व मधेशमा दुई घटनाले बढायो चिन्ता)

पर्सा, २८ माघ। वीरगञ्जमा भन्सार छलीका सामान बरामद गर्न गएको संयुक्त सुरक्षा टोलीमाथि आक्रमण भएको प्रकरणमा चार जना पक्राउ परेका छन् भने घटनाका मुख्य योजनाकार भनिएका मदन गुप्ता (उर्फ ‘रुनचे मदन’) फरार रहेका छन्। सशस्त्र प्रहरी बल नेपाल (प्रस्तावित सीमा सुरक्षा बल) र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार आदर्शनगरस्थित एक सटरमा अवैध रूपमा गोदाम […]

पुरा पढ़नुश

महानगरको नाम मात्रै, ग्रामीण बस्ती अझै उपेक्षित ग्रामीण वडाको विकासका लागि विशेष पहल गर्छु – उम्मेदवार ओमप्रकाश सरार्फ

पर्सा, माघ २६ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट जनमत पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार ओमप्रकाश सरार्फले वीरगन्ज महानगरपालिका वडा नम्बर–३२ अन्तर्गत टेढा र रामवनमा घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रमका क्रममा उम्मेदवार सरार्फले वीरगन्ज महानगरको ग्रामीण क्षेत्र अझै पनि आधारभूत पूर्वाधार विकासबाट वञ्चित रहेको बताउनुभयो। उहाँले महानगरको नाममा सीमित केही क्षेत्र […]

पुरा पढ़नुश

पर्सा क्षेत्र नं. १ : बिरगंजमा अनिल रुङ्टाको घरदैलो तथा पार्टी प्रवेश कार्यक्रममा जनसागर

वीरगञ्ज, २६ माघ । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय नेता अनिल रुङ्टाको नेतृत्वमा बिरगञ्ज महानगरपालिका–११ (श्रीपुर) मा सम्पन्न घरदैलो तथा पार्टी प्रवेश कार्यक्रम ऐतिहासिक जनसहभागितासहित भव्य रूपमा सम्पन्न भएको छ। वडा नं. ११ का बुथ सभापतिको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी सयौं युवाहरू नेपाली कांग्रेसमा […]

पुरा पढ़नुश

बिरगंजमा छापा मार्दा सशस्त्र प्रहरीमाथि आक्रमण, १२ लाख ७२ हजार बराबरको अवैध कपडा बरामद

पर्सा, २६ माघ । वीरगञ्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले वीरगञ्जस्थित एक अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ। स्थानीय व्यापारी समूहले ढुङ्गामुढा तथा लाठी प्रहार गर्दा सशस्त्र प्रहरी बलका दुई वटा सरकारी सवारीसाधनमा क्षति पुगेको छ। भन्सार छली गरेर सामान भण्डारण गरिएको आशङ्कामा वीरगञ्ज महानगरपालिका–आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको […]

पुरा पढ़नुश