मधेश प्रदेश प्रहरी कार्यालयको निरीक्षण अनुगमन सम्पन्न

जनकपुरधाम, भदौ १२ गते । “नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन मापदण्ड (Police Baton) २०८२” अन्तर्गत मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामको निरीक्षण तथा अनुगमन कार्यक्रम भदौ १२ गते सम्पन्न भएको छ। उक्त अनुगमनमा नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डा. मनोज कुमार के.सी. र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जि.सी. सहितको केन्द्रिय मूल्याङ्कन […]

पुरा पढ़नुश

अलौ गुल्मद्वारा लाखौं मूल्यको अवैध सामान बरामद

पर्सा, १२ भदौ । सशस्त्र प्रहरी बल, प्रस्तावित सिमासुरक्षा गुल्म अलौले लाखौं मूल्य बराबरको अवैध सामान बरामद गरी भन्सारमा बुझाएको छ। गुल्मका डिएसपी कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोलीले मिति २०८२ भदौ १२ गते बिहान करिब ७:३० बजे बिन्दाबासिनी गाउँपालिका–४, भलुवा घाट सिमाक्षेत्रबाट ६० हजार २ सय रुपैयाँ बराबरको विभिन्न सामान बरामद गरेको हो। यस्तै, […]

पुरा पढ़नुश

नागढुङ्गामा भारतीय नागरिक लागू औषध सहित पक्राउ

काठमाडौँ, भदौ १२। काठमाडौँको चन्द्रागिरी नगरपालिका–२, नागढुङ्गा स्थित चेक प्वाइन्टमा प्रहरीले एक भारतीय नागरिकलाई ठूलो परिमाणमा लागू औषध सहित पक्राउ गरेको छ। बुधबार बिहान करिब ५:४५ बजे गौरबाट काठमाडौँतर्फ आउँदै गरेको बा.प्र. ०३-००१ ख २८४४ नम्बरको यात्रु बस चेकजाँच गर्ने क्रममा प्रहरीले बिहार, सीतामढीका ४८ वर्षीय गणेश शर्मालाई पक्राउ गरेको हो। उनको झोलामा लुकाइ–छिपाइ गरी […]

पुरा पढ़नुश

काठमाडौंमा जुवा तास खेलिरहेको अवस्थामा ९ जना २ लाखभन्दा बढी नगदसहित पक्राउ

काठमाडौं, भदौ १२। काठमाडौं महानगरपालिका–१५ अन्नपूर्ण चोक नजिक जुवा तास खेलिरहेको अवस्थामा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले भदौ १० गते  साँझ करिब ६ बजे गरेको कारबाहीमा उनीहरूलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाबाट रु. २,२१,१४५ (अक्षरेपी दुई लाख एक्काइस हजार एक सय पैंतालीस) नगद […]

पुरा पढ़नुश

आईटी जनशक्तिलाई सरकारले २ लाख रुपैयाँसम्म तलब दिने व्यवस्था, प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं ,१२ भदौ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले मासिक २ लाख रुपैयाँसम्म तलबको व्यवस्था गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तार गर्दा हुने ढिलासुस्ती, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार आईटी क्षेत्रमा […]

पुरा पढ़नुश

सशस्त्रका मधेस प्रदेश डिआईजी ढकालको तस्करी नियन्त्रण अभियान तीव्र, करिब ६६ लाख बराबरको अवैध सामान बरामद

मधेस प्रदेश, १२ भदौ । सशस्त्र प्रहरी बल, मधेस प्रदेशका प्रमुख डिआइजी कृष्ण ढकालको सक्रियतामा सञ्चालन गरिएको तस्करी नियन्त्रण अभियानले निरन्तरता पाउँदै ठूलो सफलता हात पारेको छ । अभियान अन्तर्गत महोत्तरी र पर्सा जिल्लामा गरी करिब ६५ लाख ७५ हजार ७३६ रुपैयाँ बराबरको अवैध सामान तथा सो को ढुवानीमा प्रयोग भएका सवारी साधन बरामद गरिएको […]

पुरा पढ़नुश

बाघको आक्रमणमा परी बारामा व्यक्तिको मृत्यु

बारा, ११ भदौ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२, २ नं. पुल बस्ने ५५ वर्षीय कृष्णप्रसाद शर्मा घाँस काट्न जंगल गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको छ । मंगलबार बिहान करिब ७:३० बजे स्कुटी लिएर आधाभार जंगलतर्फ गएका शर्मा घर फर्किन ढिलो भएपछि आफन्तले खोजतलास थालेका थिए । खोजी क्रममा जंगलमा उनको स्कुटी र घाँस […]

पुरा पढ़नुश

सन् २०२६ (हज १४४७) का लागि १२०० नेपाली मुस्लिमलाई हज कोटा निर्धारण, आवेदन खुला

काठमाडौं, भदौ ११ । गृह मन्त्रालय अन्तर्गतको नेपाल हज समितिले सन् २०२६ (हज १४४७) का लागि १२०० जना नेपाली मुस्लिम धर्मावलम्बीलाई हज यात्रा गर्ने कोटा निर्धारण भएको जनाएको छ । साउदी अरब सरकारबाट तोकिएको उक्त कोटाअनुसार इच्छुकले आवेदन दिन पाउने व्यवस्था गरिएको हो । समितिले जारी गरेको सूचनाअनुसार इच्छुकहरूले नेपाल हज समितिको वेभसाइट nepalhajj.moha.gov.np बाट […]

पुरा पढ़नुश

काठमाडौमा कवाड ब्यवसायीको आन्दोलन

काठमाडौं, ११ भदौ । काठमाडौं महानगरपालिकाको ज्यादतीबिरुद्ध कबाड व्यवसायीले आज (बुधबार) तेस्रो दिन पनि आन्दोलन जारी राखेका छन् । भृकुटीमण्डपबाट शुरु भएको कबाड व्यवसायीको प्रदर्शन कमलादी स्थित काठमाडौं महानगरपालिकाको कार्यालय समेत घेराउ गरेको छ । कबाड व्यवसायी संघर्ष समितिका अध्यक्ष रामकेवल गुप्ताले सर्वोच्च अदालतको आदेश विपरित काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कबाड व्यवसायीमाथि ज्यादती गरिरहेकाले […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी पर्साद्वारा रु.१९ लाख बढीको सामान र मोटरसाइकल बरामद, भन्सारमा दाखिला

पर्सा, ११ भदौ । सशस्त्र प्रहरी बल पर्साले करिब रु.१९ लाख २५ हजार ७३६ बराबरको अवैध सामान तथा मोटरसाइकल बरामद गरी भन्सारमा दाखिला गरेको छ । मिति २०८२ भदौ ११ गते सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा. पर्सा मातहतको प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंज र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१० अशोक बाटिका […]

पुरा पढ़नुश