चाडपर्वलाई शान्तिपूर्ण र व्यवस्थित बनाउन पर्सा प्रशासनको विशेष अनुरोध

पर्सा, १३ असोज । आगामी महान चाडपर्व विजयादशमी, शुभ दिपावली र छठ पर्वलाई शान्तिपूर्ण, सभ्य र व्यवस्थित रुपमा मनाउन पर्सा जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई विशेष अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोय नारायण सुवेदीद्वारा हस्ताक्षरित सूचना असोज १२ गते सार्वजनिक गर्दै जिल्ला प्रशासन कार्यालयले जिल्लावासीलाई शुभकामना व्यक्त गर्दै सरसफाइ, सुरक्षा र सामाजिक अनुशासनमा ध्यान […]

पुरा पढ़नुश

सञ्चार मन्त्री खरेलद्वारा ‘सुझाव बैंक’ स्थापना, जनताका आवाजलाई प्राथमिकतामा राख्ने घोषणा

काठमाडौँ, १२ असोज । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले मन्त्रालयले जनताको आवाज सुन्ने र प्राथमिकतामा राख्ने संस्कार विकास गर्ने उद्देश्यका साथ ‘सुझाव बैंक’ स्थापना गरेका छन्। मन्त्री खरेलले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि जनताका समस्या, सुझाव र सल्लाहलाई संकलन गर्दै कार्यलाई जनमुखी बनाउन यो पहल गरिएको बताए। उनका अनुसार सरकारको प्रमुख प्राथमिकता निर्वाचन सम्पन्न गराउने, […]

पुरा पढ़नुश

पर्सामा सशस्त्र प्रहरीको कडाइ : डिएसपी पुजाराको कमान्डमा ३ लाखभन्दा बढीको सामान बरामद

पर्सा, १२ असोज । सशस्त्र प्रहरी बल पर्सा, प्रस्तावित सीमा सुरक्षा गुल्म अलौ अन्तर्गत सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्ण सिंह पुजाराको नेतृत्वमा खटिएको टोलीले सीमा क्षेत्रमा अवैध ढुवानीमा नियन्त्रण गर्दै करिब ३ लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको सामान बरामद गरेको छ। सशस्त्र प्रहरीका अनुसार नियन्त्रणमा लिइएको सामानमध्ये करिब १ लाख ९३ हजार ७ सय […]

पुरा पढ़नुश

सशस्त्र प्रहरी बाराद्वारा तस्करी संजालमाथि कडा प्रहार : ३६ लाख बढीको पिकअप गाडी र कपडा बरामद, २ जना पक्राउ ।

बारा, १२ असोज । सशस्त्र प्रहरी बल नम्बर १२ गण मुख्यालय, बाराले तस्करीविरुद्धको विशेष अभियान सञ्चालन गर्दै ठूलो सफलता हात पारेको छ। गणपति प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको नेतृत्वमा गरिएको कारवाहीमा ३६ लाखभन्दा बढी मूल्य बराबरको अवैध सामानसहित पिकअप गाडी बरामद गरिएको हो। घटना आइतबार बिहान करिब ३:४० बजे घटेको हो। जिल्ला बारा आदर्शकोतवाल गाउँपालिका–१ […]

पुरा पढ़नुश

सिमाको पहिलो रक्षक सिमावासी नै हुन् : एसपी भट्ट

पर्सा, १२ असोज । सशस्त्र प्रहरी बल नम्बर १३ गण हे.क्वा.पर्साका प्रहरी उपरीक्षक (एसपी) पुरन चन्द्र भट्टले सिमाको वास्तविक र पहिलो रक्षक सिमावासी नै भएको बताएका छन् । पर्साको पकाहामैनपुर गाउँपालिका–४ लहावरथकरीमा सशस्त्र प्रहरीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले सिमाको सुरक्षा सिमावासीको सक्रिय सहकार्यबिना अधुरो रहने स्पष्ट पारे । उनका अनुसार सशस्त्र प्रहरी मुख्यालयको निर्देशनअनुसार […]

पुरा पढ़नुश

धनुषामा दशैँ मेलामा ठुलो दुर्घटना टर्यो : रोटेपिङ अड्किँदा ५६ जना सकुशल उद्धार

धनुषा, असोज ११। धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–४ स्थित राजदेवी मन्दिर परिसरमा विजयी दशमीको अवसरमा सञ्चालन भएको मेलामा ठूलो रोटेपिङ घुम्ने क्रममा एक्कासी कोल्टिन गएपछि ठूलो दुर्घटना टरेको छ। १२ वटा बकेटमा अड्किएका ५६ जना सर्वसाधारणलाई नेपाली सेना, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ८ गण धनुषा र नेपाल प्रहरीले संयुक्त रूपमा सकुशल उद्धार गरेको […]

पुरा पढ़नुश

ओलीको आरोप : “यो सरकार तोडफोड र आगजनीबाट बनेको”

काठमाडौं, असोज ११ । नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको सरकार संवैधानिक बाटो र जनताको अभिमतबाट नभई तोडफोड र आगजनीको माध्यमबाट बनेको आरोप लगाएका छन् । शनिबार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको खुला भेटघाट कार्यक्रममा सम्बोधन गर्दै ओलीले आफू प्रधानमन्त्री हुँदा देश र […]

पुरा पढ़नुश

बारामा सशस्त्र प्रहरीद्वारा लाखौं मुल्यको अवैध सामान बरामद

बारा, ११ असोज । सशस्त्र प्रहरी बल बाराले जिल्लाका विभिन्न सीमा क्षेत्रबाट पाँच लाख रुपैयाँभन्दा बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) खुमबहादुर केसीको सक्रियतामा विभिन्न टोलीले नियन्त्रण गरेका सामान भन्सार प्रक्रियामा पठाइने सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीका अनुसार– १.कलैया उपमहानगरपालिका–२०, बसतपुर २०८२ असोज ११ […]

पुरा पढ़नुश

चाडपर्व र निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता बढाउन महानिरीक्षक अर्यालको निर्देशन

काठमाडौँ, असोज १० । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले आगामी चाडपर्व तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षामा उच्च सतर्कता अपनाउन मातहत इकाइलाई निर्देशन दिनुभएको छ । नेपालीहरूको महान चाड बडादशैँ, तिहार, नेपाल सम्वत् ११४६ तथा छठ पर्वको अवसरमा आइजीपी अर्यालले प्रधान कार्यालयबाट जारी गरेको निर्देशनमा जनतालाई निर्धक्कसाथ चाडपर्व मनाउन सक्ने वातावरण सुनिश्चित […]

पुरा पढ़नुश

प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली पुनः संकलन, कार्तिक ३० सम्म दर्ता गर्ने व्यवस्था

काठमाडौँ,१० असोज  । निर्वाचन आयोग, नेपालले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि स्थगित गरिएको मतदाता नामावली संकलन कार्य पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। आयोगको निर्णयअनुसार अब यो प्रक्रिया मिति २०८२/०७/३०( कार्तिक ३० )गतेसम्म सञ्चालन हुनेछ। यस अन्तर्गत १६ वर्ष उमेर पूरा भई नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले […]

पुरा पढ़नुश