पर्सामा सशस्त्र प्रहरीद्वारा अवैध सामानसहित ई–रिक्सा र मोटरसाइकल बरामद

पर्सा, ३१ भदौ । सशस्त्र प्रहरी बल नं.१३ गण हे.क्वा. पर्साको टोलीले आज बिहान पर्साको विभिन्न स्थानबाट अवैध सामानसहित ई–रिक्सा र मोटरसाइकल नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा खटिएको ९ जनाको गस्ती टोलीले बिहान ७:५० बजे वीरगञ्ज महानगरपालिका–१४, गण्डकचोक नजिक भारतबाट भन्सार छली ल्याइएका सामान बरामद गरेको हो। टोलीले प्रदेश–२–०३–००१ […]

पुरा पढ़नुश

जेन–जी आन्दोलनमा सहादत भएका सहिदप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाद्वारा श्रद्धाञ्जली

बिरगञ्ज, ३१ भदौ । भ्रष्टाचार र बेथितिविरुद्ध Generation Z (जेन–जी) ले सञ्चालन गरेको आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरूप्रति नेपाल चिकित्सक संघ नारायणी शाखाले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। संघले भदौ ३० गते आफ्नै भवन अगाडि श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय सहिद असहाब आलम ठकुराईसहित सम्पूर्ण ज्ञात–अज्ञात सहिदहरूको स्मरणमा […]

पुरा पढ़नुश

बिरगञ्जमा अवैध कपडा सहित बोलेरो पिकअप बरामद

पर्सा, भदौ ३० । सशस्त्र प्रहरी बल नं.१३ गण पर्साले बिरगञ्ज–९ पान गल्लीबाट अवैध रूपमा भन्सार छली ल्याइएको कपडा सहित बोलेरो पिकअप बरामद गरेको छ । भदौ ३० गते साँझ करिब ५ः३५ बजे प्रस्तावित सीमा सुरक्षा गुल्म, बिरगञ्जबाट खटिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीको कमाण्डमा रहेको ९ सदस्यीय टोलीले ना.४ च ६३७९ नम्बरको […]

पुरा पढ़नुश

काठमाडौंमा जेन–जी आन्दोलनपश्चात जलेका भवनबाट मानव अस्थिपञ्जरहरु फेला

रसीद आलम,काठमाडौं, भदौ ३०। भदौ २३ र २४ गते जेन–जी (Generation Z) ले आह्वान गरेको प्रदर्शनका क्रममा तोडफोड, आगजनी र विभिन्न भौतिक संरचनामा क्षति पुगेको घटनापछि सरसफाइ तथा उद्धारको क्रममा काठमाडौंका विभिन्न स्थानमा रहेका जलेका भवनबाट पहिचान खुल्न नसकेका मानव अस्थिपञ्जरहरू फेला परेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक […]

पुरा पढ़नुश

वीरगञ्जमा कर्फ्यु समय थप खुकुलो, निषेधाज्ञा यथावत

पर्सा, २८ भदौ । जेन–जी आन्दोलनपछि सृजित परिस्थिति नियन्त्रणमा आएसँगै वीरगञ्जमा जारी कर्फ्यु आदेश थप खुकुलो पारिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा समितिको बैठकपछि शनिबारदेखि बिहान ५ बजेदेखि राति ९ बजेसम्म कर्फ्यु हटाउने निर्णय गरेको हो । अब रातिको समयमा मात्र कर्फ्यु लागू हुनेछ । पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीका अनुसार, परिस्थिति […]

पुरा पढ़नुश

जेन–जी आन्दोलनका सहिद असहाब आलमलाई वीरगञ्जमा भव्य श्रद्धाञ्जली

वीरगञ्ज, २८ भदौ । जेन–जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीरगञ्ज महानगरपालिका–१२ मुर्ली निवासी २२ वर्षीय असहाब आलम ठकुराईलाई शनिबार वीरगञ्जमा भव्य श्रद्धाञ्जलीसहित अन्तिम संस्कार गरिएको छ। आलमको पार्थिव शरीरसहित निकालिएको श्रद्धाञ्जली यात्रामा हजारौँको सहभागिता रह्यो। मुस्लिम परम्पराअनुसार उनको अन्तिम संस्कार गरियो। श्रद्धाञ्जली कार्यक्रममा सहभागी स्थानीयवासीदेखि विभिन्न राजनीतिक, सामाजिक र नागरिक समाजका व्यक्तिहरूले आलमप्रति श्रद्धाञ्जली […]

पुरा पढ़नुश

प्रथम महिला प्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त

काठमाडौं, भदौ २७ । नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबारै उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। कार्कीले २०७३ असारदेखि २०७४ जेठसम्म प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको नेतृत्व गरेकी थिइन्। आफ्नो कार्यकालमा उनले न्याय क्षेत्रमा भ्रष्टाचारविरुद्ध शून्य सहिष्णुताको अडान लिएर चर्चित निर्णयहरु दिएकी थिइन्। विशेषगरी अख्तियार […]

पुरा पढ़नुश

सुरक्षा अप्डेटः नेपाली सेनालाई डल्लुमा एक थान पेस्तोल बुझाइयो, हालसम्म २६८ नाल हतियार बरामद

काठमाडौं, भदौ २७ – सिन्धुली जिल्ला मरिन–४ स्थायी घर भएका एक व्यक्तिले काठमाडौँको डल्लु क्षेत्रमा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई एक थान ९ मि.मि. चाइनिज पेस्तोल बुझाएका छन्। नेपाली सेनाले दिएको जानकारीअनुसार हालसम्म देशका विभिन्न स्थानबाट जम्मा २६८ नाल हतियार बरामद गरिएको छ। सेनाले सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै नागरिकलाई अवैध तथा आन्दोलनको क्रममा खोसिएको हतियार […]

पुरा पढ़नुश

काठमाडौंमा जेन-जी आन्दोलनमा गोली लागेर वीरगञ्जका असहाब आलमको मृत्यु

काठमाडौं, २७ भदौ । राजधानी काठमाडौंमा जारी जेन-जी आन्दोलनका क्रममा गोली लागेर वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका २२ वर्षीय असहाब आलम ठकुराईको मृत्यु भएको छ। परिवारका अनुसार आन्दोलनका क्रममा आलमलाई छाती र पेटमा दुई गोली लागेको थियो। गम्भीर घाइते भएका उनलाई तत्कालै शिक्षण अस्पतालमा उपचारका लागि लगिएको भए पनि उनको त्यहाँ मृत्यु भएको पुष्टि गरिएको छ। मृतक […]

पुरा पढ़नुश

वीरगञ्ज कारागारको वातावरण सहज अवस्थामा ,सबै कैदीबन्दी सुरक्षित :कारागार प्रशासक

वीरगञ्ज, भदौ २७ । पर्सा कारागारमा कैदीबन्दीहरुले पर्खाल भत्काएर भाग्ने प्रयास गरेका थिए । कारागार प्रशासनका अनुसार भदौ २४ गते राति ११:०० बजेदेखि कैदीबन्दीहरुले कारागारभित्र रहेको सीसीटीभी क्यामेरा फुटाउने, भित्री संरचना ध्वस्त पार्ने र बाहिरी पर्खालको तीन ठाउँमा क्षति पुर्‍याउने कार्य गरेका हुन् । तर, विषम परिस्थितिमा विभिन्न सुरक्षा रणनीति अपनाइएकाले कुनै पनि कैदीबन्दी कारागारबाट […]

पुरा पढ़नुश