पर्सामा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी ईनर्वा निवासी राजपुत पक्राउ।
पर्सा, साउन १३। ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१८ ईनर्वा निवासी ६५ वर्षीय रामजन्म सिंह राजपुत रहेका छन्। उनलाई साउन १२ गते अपराह्न करिब ४:०० बजे वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज–१८ स्थित सडकखण्डबाट नियन्त्रणमा लिएको हो। […]
पुरा पढ़नुश